यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट, यी हुन उत्कृष्ट र निजामती पुरस्कारबाट पुरस्कृत हुने ४० कर्मचारी

सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन

सरकारले करिब एक लाख संख्यामा रहेका निजामती कर्मचारीबाट यस बर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौंट हुन सकेन । सरकारले हरेक भदौ २२ गते निजामती सेवा दिवस मनाउँदै आएको र उक्त दिन सर्वोत्कृष्ट तथा उत्कृष्ट कर्मचारी छनौट गरेर सम्मान गर्ने गरेकोमा यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो ।

बिज्ञापन

दिवसका अवसरमा १ कर्मचारीलाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गर्नुपर्नेमा यस वर्ष सर्वोत्कृष्ट कर्मचारी छनौट नभए पछि १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्न लागिएको हो । यस वर्ष मात्रै नभएर पछिल्लो एक दशकदेखि नै सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी छनौट गर्न सकेको छैन ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको यो दिवसको अवसरमा को नाम सार्वजनिक भएको छ । सूची अनुसार,सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रामचन्द्र दंगाल, कर्णाली प्रदेशका सचिव शंकर बहादुर के सी, प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने उपसचिव राजु प्रसाद गुरागाईँ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चूडाराज न्यौपाने, गृहका उपसचिव कृष्ण सापकोटा, सामान्य प्रशासनका उपसचिव चिरञ्जीवी नेपाल, नापी कार्यालय खाँदवारी सर्वेक्षक आशा राई,कोशी टप्पु बन्युजन्तु आरक्षको टरेगा बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन् ।

बिज्ञापन

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, र केशव राज पार्धे रहेका छन् । त्यस्तै वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल,सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउँद र राम माया गुरुङले पनि निजामती सेवा पुरस्कार पाएका छन् ।

यस्तै निजामती पुरस्कार पाउने अन्य कर्मचारीहरूमा डा पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत र टहल बहादुर जिरेल रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

बिशेष