अर्थवाद र अवसरवादमा नेतृत्व लिप्त रहेको आरोप लगाउँदै उपाध्यक्ष गुरुङले त्यागिन संगठन

एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको नेतृत्व, अधिकांश पदाधिकारीहरु अर्थवाद र अवशरवादमा लिप्त भएको आरोप लगाउँदै केन्द्रीय उपाध्यक्ष सीता गुरुङले उक्त पद परित्याग गरेको बताएकी छिन् ।

बिज्ञापन

तीन दशक अघि अर्थात ०५२ सालमा निजामती सेवामा प्रवेश गरी मिति २०५२ सालमा सिन्धुली जिल्लाबाट नेपाल निजामती कर्मचारी संगठनको सदस्यता प्राप्त गरी विभिन्न जिल्लाको पदाधिकारी हुदै २०६९ सालमा नेगोको केन्द्रीय सदस्य, २०७३ सालमा नेगोको केन्द्रीय सचिवको जिम्मेवारीमा रही पछिल्लो समय गठन भएको एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई केन्द्रीय महिला विभाग प्रमुखको जिम्मेवारीमा समेत रही कार्यगर्दै आएकी उनले एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको केन्द्रीय नेतृत्व लगायतका अधिकांश पदाधिकारीहरु अर्थवाद र अवशरवादमा लिप्त भएको, संगठनलाई मजबुत बनाउन भन्दा विखण्डन गर्न उद्धत रहेको, संगठनलाई विधि र विधान बमोजिम चलाउने भन्दा पनि अराजकता तर्फ धकेलेको, सदस्यहरुको पिर मार्कामा कुनैपनि ध्यान नदिएको कारण अधिकांस पदाधिकारीरसदस्यहरु निष्कृय रहेकोले यही अवस्थामा आगामी दिनमा सो संगठन चल्न नसक्ने ठहर गरी एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको कुनै पनि पदमा नरहनेगरी उक्त संगठन परित्याग गरेको घोषणा गरेकी हुन ।

बिज्ञापन

पूर्व अध्यक्ष मोहन घिमिरे,गगन विष्ट लगायतले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी यस अघि नै शरण गुरुङहरुको समूहले विद्रोह गर्दै आएको थियो ।

संस्थापक अध्यक्ष रहेका मोहन घिमिरे उपसचिवमा उक्लिएसँगै संगठनको अध्यक्षमा छानिएका थिए गगन बिष्ट । विष्ट पनि घिमिरेझैं बढूवाबाट उपसचिवमा उक्लिए । गगन उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।

बिज्ञापन

गत बर्षको फागुन २६ र २७ गते खरिपाटीमा भएको भेलाले संगठनको अध्यक्षमा गगन र सह अध्यक्षमा शरणलाई चयन गरेको थियो । निर्वाचन भनिए पनि टीका लगाएरै पदाधिकारी चयन भएको थियो उक्त समयमा । गगन उपसचिवमा बढूवा सिफारिस भइसके पछि फेरि आफ्नै समूहका यामबहादुर खत्रीलाई अध्यक्ष बनाइसँगै उक्त संगठनमा भाँडभैलो शुरु भएको थियो । शरण यस अघि नै एमालेमा हुँदा उपाध्यक्ष चलाइसकेका कर्मचारी हुन । संघीय संसद सचिवालयमा कार्यरत उनी पार्टी फुटेपछि एकीकृत सरकारी कर्मचारी संगठनमा महासचिव,उपाध्यक्ष हुँदै सह अध्यक्षको भूमिकामा थिए तर उनी भन्दा कनिष्ठ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै संगठनमा शुरु भएको भाँडभैलो अन्तत दुई चिरा परेर सकिएको छ ।

उक्त समूहले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन गठन गरी श्रम विभागमा दर्ता गराइसकेका छन् । शरणका पक्षमा मधेश प्रदेश कार्यसमिति,कर्णाली प्रदेश र गण्डकी प्रदेश कार्यसमितिका केही सदस्यहरुको साथ रहेको बताइएको छ । सीता पनि उक्त संस्थामा समाहित भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, नेपालको संविधानद्वारा प्रदत्त हक, अधिकार एवं संघ, प्रदेश र स्थानिय तहका ऐन, नियमावली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक, हित र अधिकारको संरक्षण र सम्वर्द्धन गर्दै कानुनद्वारा प्राप्त ट्रेड युनियन अधिकारलाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्नेगरी राष्ट्रसेवक कर्मचारीहरुको एक स्वतन्त्र, निश्पक्ष र विशुद्ध राष्ट्रिय स्तरको पेशागत ट्रेडयुनियनको रुपमा ूस्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल २०८१ भाद्र, १६ गतेका दिन श्रम तथा सुरक्षाजन्य सुरक्षा विभागमा दर्ता भई कृयाशील रहेको हुँदा अव उप्रान्त सोही संगठनमा आवद्ध भई कृयाशिल रहने सबैमा जानकारी गराउन चाहन्छु।

उनले आम न्यायप्रेमी राष्ट्रसेवक कर्मचारीहरुलाई ूस्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालमा आवद्ध भई कृयाशिल हुन समेत आव्हान गरेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।