सरुवा,बढुवा,नियुक्तिदेखि पदस्थापनसम्म :-यी हुन पछिल्लो क्याविनेटका २४ निर्णय

पछिल्ला मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न दुई दर्जन निर्णयहरु सार्वजनिक भएका छन् । जसमा सरुवा,बढुवा,नियुक्तिसँग सम्बन्धित निर्णयहरु धेरै छन् । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘ग्लोबल अप्रेसन नेटवर्क अफ एन्टि करप्सन ल इनफोर्समेन्ट अथोरिटिज (ग्लोब नेटवर्क) को सदस्यता स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। यस्तै कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजस्व) दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ। रिक्त सञ्चालक पदमा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यस्तै,एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त हुने १५ अर्ब २९ करोड ऋृण अनुदान स्वीकार गर्ने बिषयमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय पनि हिजोको क्याविनेटले गरेको छ ।
यस्तै,नेपाल इञ्जिनियरिग परिषद्को सदस्यमा नियुक्ति गर्ने निर्णय पनि हिजोको क्याविनेटले गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपाल टेलिकम,रेडियो नेपालको कार्यकारी निर्देशक,पर्यटन वोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

बिज्ञापन

यस्तै,नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । सिफारिस गरिएका अरु दुईजना धनञ्जय रेग्मी, ज्ञानेश्वर सिंहलाई पन्छाएर दीपकलाई नियुक्त गरिएको छ ।

बिज्ञापन

यता, रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो ।लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर स्वैच्छिक अवकाश लिएका थिए ।
यस्तै,प्रशासन सेवा तर्फको रिक्त सचिव पदमा गोविन्द बहादुर कार्कीलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशमा पदस्थापन गर्ने निर्णय समेत क्याविनेटले गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

बिशेष