निजामती सेवा ऐन अब चाँडै आउँछ :- मन्त्री गुप्ता 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् ।

बिज्ञापन

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक तहमा समन्वय गरी निर्देशन लिएर अगाडि बढ्ने उनले बताए ।

बिज्ञापन

मन्त्री गुप्ताले विधेयकमा १ हजार ५ सय ८३ संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्नसक्ने भन्दै उच्च राजनीतिक तहमा समन्वय गरेर विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने बताए ।

‘आज यस विधेयकमा सैद्धान्तिक छलफल भयो । छलफलमा माननीयहरूले जे सुझाव, सल्लाह दिनुभयो । ठिकै हो, १ हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव छ । यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ,’ मन्त्री गुप्ताले भने, ‘हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं । उहाँहरूको निर्देशन लिन्छौँ र छलफल गरेर अगाडि बढ्छौँ । म सभापति र माननीयहरूलाई के आग्रह गर्छु भने यो समितिमा थुप्रै विधेयक छन् तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिउँ ।’

बिज्ञापन

उनले भने,अब निजामति सेवा ऐन चाँडै आउँछ । हामी जहाँ जाँदा पनि पहिला प्रश्न यही तेर्सिन्छ । छलफलमा नै राखेर बस्ने हो भने दुईतीन वर्ष नै जान्छ । त्यसैले हामी उच्च राजनीतिक तहमा समन्वय गर्छु । उहाँहरुको निर्देशन लिन्छु । र छलफल गरेर अगाडि बढ्छौं ।’

मन्त्री गुप्ताले निजामति सेवा ऐनलाई समितिमा प्राथमिकता दिएर छलफल गरेर अगाडि बढ्न आग्रह गरे ।

उनले भने,‘सभापतिज्यूलाई मेरो आग्रह के छ भने यो समितिमा त थुप्रै विधेयकहरु छन् । तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिनु होला।’

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष