निजामती ऐन जारी गर्न वरिष्ठ उपाध्यक्ष दैनिक फोन गर्छन्: सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले दैनिक फोन गर्दै आएको बताएका ।

बिज्ञापन

राजधानीमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस भाद्र १९ को अवसरमा सभापति खतिवडाले बताएका हुन्। उनाले भने “वरिष्ठ उपाध्यक्ष कटुवालले दैनिक फोन गर्दै निजामती ऐन चाँडोभन्दा चाँडो जारी गर्न अनुरोध गर्दै आएका छन् । उहाँ लगायत युनियनको टोलीले धेरैपटक भेटेर सुझाव पनि दिएका छन् ।”

बिज्ञापन

त्यस्तै खतिवडाले असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन पारित गर्ने दावी गरेको छन् ।

नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कुमार कटुवालले कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघीय, प्रदेश र स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्न माग गरेका छन् ।

बिज्ञापन

वरिष्ठ उपाध्यक्ष कटुवालले अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्न, सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउन माग गरेका हुन्। त्यस्तै उनले निजामती सेवामा कार्यरत कर्मचारीहरूको मर्यादाक्रमअनुसार तलबमान निर्धारण गर्न समेत माग गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

बिशेष