हजारौंको भीडबाट यस बर्ष पनि सरकारले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

सरकारले लाखौं कर्मचारीको बीचबाट यस बर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौंट गर्न नसक्ने संकेत देखिएको छ । सरकारले हरेक भाद्र २२ गते निजामती सेवा दिवस मनाउँदै आएको छ । यस बर्ष निजामती सेवा दिवसका अवसरमा विभिन्न कार्यक्रमका अलवा ४१ निजामती कर्मचारीलाई पुरस्कृत हुनुपर्ने हो ।उक्त दिवसका अवसरमा १ कर्मचारीलाई सर्वाेत्कृष्ट,१० जनालाई उत्कृष्ट र ३० कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

बिज्ञापन

यद्यपि पछिल्ला एक दशकदेखि सरकारले सर्वाेत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन ।यस बर्ष पनि सरकारले सर्वाेत्कृष्ट निजामती कर्मचारी फेला पार्न नसक्ने देखिएको हो । जनताको करबाट तलबभत्ता खाने कर्मचारीको कार्यसम्पादनमा समेत प्रश्न उठेको छ। निजामती सेवा दिवसको अवसरमा निजामती सेवा नियमावलीमा व्यवस्था भएअनुसार सरकारले एक जनालाई दुई लाख रुपैयाँसहित सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एकजना कर्मचारीलाई दिँदै आएको थियो। यस अघि सर्वोत्कृष्ट पुरस्कार पाएका व्यक्ति नै विवादमा परेपछि सरकारलाई पुरस्कार घोषणा गर्न छाडेको छ । यस अघि सूर्य गौतमलाई सर्वोत्कृष्ट पुरस्कार दिइएको थियो । उक्त समयमा उनी सहसचिव थिए । लोकसेवा आयोगमा विज्ञ हुँदा आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेको थियो। त्यसपछि सर्वोत्कृष्ट पुरस्कार दिइनुको बलियो आधार न सरकारले दिन सक्यो न सिफारिसकर्ताले नै। सो विवाद पछि सर्वाेत्कृष्ट निजामती पुरस्कार वितरण गर्न छाडिएको हो ।

बिज्ञापन

पुरस्कारका लागि विभिन्न मन्त्रालय र देशभरका संघीय कार्यालयहरूबाट पुरस्कारको लागि जम्मा १६२ जनाको नाम सिफारिस भई आएको छ। मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार सिफारिस समितिमा सदस्यका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक जना सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सरकारले तोकेका अर्का एक सचिव तथा सेवानिवृत्तमध्येबाट सरकारले तोकेका अर्का एक सचिव सदस्य रहनेछन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,  १६२ जनामध्येबाट ४० कर्मचारीको नाम सरकारसमक्ष सिफारिस गरिने छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कार प्रदान गर्नका लागि पुरस्कारसम्बन्धी मापदण्ड बनाएको छ र निजामती सेवा ऐन नियमवालीमा समेत स्पष्ट मापदण्ड उल्लेख गरिएको छ। मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार छनोट र सिफारिस समितिले सोही मापदण्डका आधारमा पुरस्कार छनोट गरी अन्तिम रूप दिने र मन्त्रिपरिषद्मा पेस गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तयारी छ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले उत्कृष्ट निजामती सेवा पुरस्कार,निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुको निर्णय गर्नेछ । २ लाखको सर्वोत्कृष्ट निजामती पुरस्कार यस पटक पनि वितरण नहुने बताइएको छ ।

यसअघि निजामती सेवा पुरस्कार सिंहदरबार वा काठमाडौं कार्यलय केन्द्रित कर्मचारीहरुले मात्र पाउँदै आएका छन्,सोही कारण निजामती सेवा पुरस्कार बदनाम छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।