एकै पटक तीन सचिव पद रिक्त,को- को छन् बढुवाको लाइनमा ?

मुख्यसचिव गड्तौला घर फर्किनु,एकनारायण मुख्यसचिवमा बढूवा हुँदा दुई सचिव पद रिक्त थिए नै एक सचिवले राजीनामा दिएसँगै एकै पटक तीन सचिव पद रिक्त हुन पुगेको छ र । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएसँगै तीन सचिव पद रिक्त हुन पुगेको हो ।

बिज्ञापन

‘लुकाइएको’ भनिएको एक सचिव पदमा बढुवाका लागि कमलप्रसाद पोखरेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस भएको छ। सहसचिव पोखरेल अहिलेका सचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल, चूडामणि पौडेल, हरिप्रसाद लम्साल केदारनाथ शर्मा र लोकनाथ पौड्यालभन्दा वरिष्ठ रहेकाले उनकै बढुवा हुने सम्भावना देखिन्छ। नेपाल शिक्षा सेवा विविध समूहबाट सचिव बनेका सूर्यप्रसाद गौतम अवकाश भएपछि उक्त सचिव पद लुकाइएको र त्यसै ठाउँमा पोखरेल, कार्की र पन्थलाई बढुवाका लागि सिफारिस गरिएको बताइन्छ। पोखरेल पनि नेपाल शिक्षा सेवा विविध समूह कै सहसचिव हुन्।

बिज्ञापन

बरियता नमिची सचिवको बढुवा भयो भने तोयनारायण ज्ञवालीको ठाउँमा बागमती प्रदेशका कायममुकायम प्रमुख सचिव गोविन्दबहादुर कार्की सचिवमा बढुवा हुनेछन्। उनको बागमती प्रदेशमै पदस्थापना हुने उच्च सम्भावना छ। मुख्यसचिवमा बढुवा भएका एकनारायण अर्यालको ठाउँमा भने लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव महादेव पन्थ बढुवा हुनेछन्। उनको पनि लुम्बिनीमै पदस्थापन हुने देखिन्छ।

सहसचिवबाट सचिवमा उक्लने लाइनमा रघुराम विष्ट,वावुराम अधिकारी, मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल,भुपाल वराल, डण्डुराज घिमिरे,खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठ,राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवर,ढुण्डी निरौला,झलकराम अधिकारी,जनकराज जोशी ।कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

बिज्ञापन

यस्तै भ्रष्टाचार मुद्धा परेर निलम्बनमा परेका र फुकुवा भएको खण्डमा रूद्रसिंह तामांग,बुद्धिसागर लामिछानेहरु पनि सचिव बन्ने लाइनमा रहेका बरिष्ठ सहसचिवहरु हुन । गडतौला मुख्यसचिव भएपछि रिक्त उक्त ठाउँमा आलोकचन्द्र श्रेष्ठ सचिव बढुवा भइसकेका छन्। उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको भूमिकामा काम गर्न थालिसकेका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।