खाद्यको ‘स्थायी डिजी’लाई मन्त्रालय तानियो,महानिर्देशकमा कर्ण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्थायी डिजीका रुपमा परिचित मतिना वैद्य सरुवामा परेकी छिन् । कृषि मन्त्री रामनाथ अधिकारीले उनलाई मन्त्रालयमा तानेका हुन । यस अघिका कृषिमन्त्री बेदुराम भुसाल,ज्वालाकुमारी साहहरुले चलाउन नसकेको वैद्यलाई कृषि मन्त्री अधिकारीले मन्त्रालयमा तानेका हुन ।

बिज्ञापन

लामो समयदेखि विभागमा रहेकी वैद्यलाई मन्त्रालयमा तानेर त्यहाँ सिनियर सहसचिवलाई सञ्जीव कर्णलाई त्यहाँ खटाइएको छ ।

बिज्ञापन

निजामती सेवा ऐनले अवकाशको मुखमा कर्मचारीलाई चलाउन बन्देज लगाएको छ तर बालकोट, बूढानीलकण्ठ सबै शक्ति दाहिने भएपछि अवकाशको मुखमा सहसचिव उपेन्द्र रायलाई लखेटेर हाकिमको जिम्मेवारीमा दोहोरिएर आइपुगेकी थिइन वैद्य । उनलाई त्यस अघिका कृषि मन्त्री घनश्याम भुसालले डाँडा कटाएर प्रदेशमा सरुवा गरेका थिए तर बेदुराम भुसालले पुन विभागको डिजी बनाएर खटाएका थिए ।

वैद्य तिनै कर्मचारी हुन,जो ०७७ सालमा उनी सो विभागको महानिर्देशक हुँदा ७२ हजार किलो अखाद्य चिनीलाई खान योग्य भनेर अनुमति दिइन । यो बिषयले चारैतिर चर्चा पायो र विवादमा परेपछि भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखिएको थियो । सोही अखाद्य अर्थात खानै नमिल्ने चिनीलाई खान योग्य भन्दै प्रमाणीत गरिदिएर विवादमामात्र परिनन् कि मन्त्रालयले आयातित चिनीको गुणस्तर परीक्षण सम्बन्धमा प्रश्न उठेपछि कृषिका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक, पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोईराला सदस्य रहेको समितिले चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको भन्दै महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न प्रतिवेदन पेश गरेको थियो ।

बिज्ञापन

नारायणप्रसाद रेग्मीको संयोजकत्व रहेको छानबिन समितिले कारबाही सिफारिस गर्दै भदौ १९ गते कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको थियो । तर, बाग्मती प्रदेश सचिवमा गइन् । त्यहाँ १८ महिना बसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कृषि मन्त्रालय सम्हालेको बेला पारेर विभागमै फर्किन सफल भइन् ।
यस अघि घनश्याम भुषाल कृषि मन्त्री हुँदा उनको बदमासी चाल पाएपछि त्यहाँबाट डाँडा कटाएर कर्णाली प्रदेशमा सरुवा गरेर पठाइएको थियो तर शक्तिकेन्द्रसँग नजिक भएकी वैद्य कर्णाली गइनन्,बरु १८ महिना बाग्मती प्रदेशको कृषि सचिव हुँदा अनेकन बदमासीमा मुछिएकी थिइन पछि कृषि मन्त्री वेदुराम भुसाल हुँदा उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको कुर्सीमा पुगेकी थिइन ।

त्यहाँ रहँदा मतिनाले आफ्नो टिममा छन्, किशोर केसी,बिमल दाहाल, हस्त राई र सुमन धिताल लगायतका वामपन्थ कर्मचारीहरु राखेर खाद्य विभागमा हालिमुहाली चलाउँदै आएकी थिइन ।
मतिनाको असक्षमताको उदाहरण खोज्न पर जानै पर्दैन,उनी अघि कर्णले फुड ल्याब भ्यान ल्याए । पौने २ करोड रूपैयाँको यो भ्यानको कुरा हो ०७४ तिरको । त्यसमै मुद्धा मामिला चलेर केही कर्मचारीले जागिर गुमाए । मनिताले अख्तियारमा उजुरी पारेर कर्णलाई निलम्बन गराइन् । पछि मुद्धा जितेर उनी जिम्मेवारीमा फर्किए । त्यहाँ ७४ सालदेखि किनिएका ६ वटा फुड भ्यान चलाउनेतर्फ मतिनाले कुनै चासो दिइनन् ।
खाद्य तथा गुण नियन्त्रण विभागको भ्यान खरीदमा १० करोड रकममा भ्रष्टाचार आरोप लागेपछि गुण नियन्त्रण बिभागका महानिर्देशक सञ्जिव कर्ण अख्तियारको अनुसन्धानमा परेपछि कृषि सचिव युवकध्वज जिसीले मतिना बैध जोशीलाई उक्त ठाउँमा महानिर्देशक बनाएका थिए । त्यस यताका झण्डै ६ बर्ष मतिनाले उक्त विभागको नेतृत्व गरेकी हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

कानूनको शासनको कसीमा नेपाल 

राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

बिशेष