गृह,राष्ट्रिय योजना आयोगसहितका प्रदेशका दुई सचिव पद रिक्त छ । यी पदमा सचिव नियुक्ति कहिले होला ? सबैभन्दा शक्तिशाली मन्त्रालय मानिएको गृह सचिव को होलान ? अहिले कर्मचारी वृत्तमा चासोको बिषय बन्न पुगेको छ । राष्ट्रिय योजना आयोगका सचिव डा तोयनारायण ज्ञवालीले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि सचिव पद रिक्त छ । दुई वटा प्रदेश पनि निमित्त सचिवको भरमा चलिरहेको छ ।
बिज्ञापन
गृह सचिव एकनारायण अर्याल मुख्य सचिव बनेसँगै त्यहाँ जानका लागि दुई पूर्व गृहसचिवसहित पाँच सचिवहरुबीच तिव्र प्रतिष्प्रर्धा शुरु भएको छ । गृह मन्त्रीको जिम्मेवारीमा छन्,रमेश लेखक । सोही कारण उक्त मन्त्रालयमा काँग्रेसी सचिव बन्ने चर्चा छ । त्यहाँ जानका लागि अहिले काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा छ । गृह सचिव बन्ने लाइनबाट रिङ आउट भइसकेका छन् गोकर्णमणि दुवाडी । यस अघि भूमि व्यवस्था मन्त्रालयम रहेका दुवाडीलाई २२ सचिव सरुवा हुँदा उनलाई केन्द्रीय तथ्यांक कार्यालयमा खटाइएको छ । रेमश लेखकसँग सम्बन्ध विग्रिएका कारण उनी गृह सचिव बन्ने लाइनबाट आउट भएको चर्चा छ ।
बिज्ञापन
गृह मन्त्रालयको सचिव बन्ने लाइनमा अर्जुन पोखरेल,दीपक काफ्ले,विनोद सिंह,नारायण शर्मा दुवाडी, कृष्णहरि पुष्कर र दिनेश भट्टराईको चर्चा छ । गृहसचिव नियुक्तिमा गृहमन्त्री रमेश लेखकभन्दा आरजु नै हाबी हुने सम्भावना छ । काँग्रेसको मन्त्री भएको कारण सो स्थानमा अर्जुन पोखरेल बन्न सक्ने प्रवल सम्भवना रहेको बताइएको छ । यस अघि अर्थ सचिव बनिसकेका उनको बूढानिलकण्ठ दरबारसँग राम्रो सम्बन्ध र पहुँच भएका कारण उनलाई गृह सचिव बनाइने एकाथरी कर्मचारीको आँकलन छ ।
यस्तै शिक्षा मन्त्रालय आइपुगेका सचिव काफ्लेदेखि पूर्व गृह सचिव सिंहको नाम समेत गृह सचिवको रुपमा चर्चामा छ । सिंह पहिल्यै गृह सचिव बनिसकेका हुँदा उनी फेरि दोहोरिने चर्चा पनि छ ।यद्यपि उनी आफैं गृह सचिव बन्नेमा विश्वस्थ छैनन् । निकटस्थ कर्मचारीहरुसँग मलाई के बनाउँथे भन्दै हिड्ने गरेका छन्,उनी । यस्तै कृष्णहरि पुष्करको जीवनसाथी आभा सूदुरपश्चिमकै भएका कारण समेत उनको बूढानिलकण्ठसँग सम्बन्ध समुधुर रहेको छ,सोही कारण उनी गृह सचिव बनेको खण्डमा अनौंठौं नमाने हुन्छ भन्ने तर्क गर्नेहरु पनि छन् ।
बिज्ञापन
ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, रामकृष्ण सुवेदी ०७६ कार्तिक ५, दिनेश भट्टराई ०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन । दिनेशभन्दा कनिष्ठ हुन अहिलेका मुख्यसचिव एकनारायण अर्याल । तोयनारायणले राजीनामा दिएर हिडिसकेका छन् भने रामकृष्ण माओवादी निकटका हुँदा उनको कुनै सम्भवना छैन,गृहमा आउने । सचिवमध्ये सिनियर रहेका दिनेशलाई पुन गृहमा ल्याउने चर्चा छ । सोही कारण उनले मुख्य सचिव नियुक्तिमा असन्तृष्टि जनाउँदै दिएको राजीनामाबाट व्याक भएको सिंहदरबारमा चर्चा सुनिन्छ ।यद्यपि चतुर प्रशासक मुकुन्द निरौला,भेगीय नाता लगाउँदै कृष्णहरि पुष्करले गृह सचिव बने अनौठौं नमाने हुन्छ भन्छन्,गृहकै कर्मचारीहरु ।