ठूला कार्यालयमा बस्न नपाए छटपटीमा पर्ने हाकिमका रुपमा चिनिन्छन्,सहसचिव दीर्घराज मैनालीलाई । अधिकांश समय ठूला कार्यालयको नेतृत्व गरेका मैनाली राजश्व अनुसन्धान विभागमा सबैभन्दा लामो समय ३३ महिना टिक्ने हाकिम हुन । यस्तै आन्तरिक राजश्व विभागमा पनि लामो समय टिकेका उनी अहिले अर्थ मन्त्रालयमा जिम्मेवारविहिन बनेका छन् ।
हालैमात्र अर्थमा भित्रिएर जिम्मेवारविहिन बनेका मैनालीका लागि त्यहाँ एउटा महाशाखा दुई टुक्रा हुने भएको छ । महाशाखा ९ वटा,सहसचिव १० हुँदा अर्थ मन्त्रालयको एउटै महाशाखा दुई टुक्रा पार्न लागिएको छ । अर्काे सहसचिवको अधिकार कटौती गरेर मैनालीलाई जिम्मेवारी दिन लागिएको हो ।
बिज्ञापन
गत भदौं २ गते अर्थमन्त्री विष्णु पौडेलले अर्थका १५ जना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरे । जसमा दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकियो ।
बिज्ञापन
यस्तै, यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक,उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालयअन्तर्गतको जिम्मेवारी दिइएको छ । यस अघि नै मन्त्री पौडेलले अन्ताराष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकेका थिए ।
हाल अर्थ मन्त्रालय मातहत २५ सहसचिव कार्यरत छन्,मन्त्रालयमा ९ सहिसचिव छन् । त्यहाँ क्रमश बजेट तथा कार्यक्रम महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरबहादुर खत्री, प्रशासन महाशाखा प्रमुख मदन दाहाल, आर्थिक नीति विश्लेषण महाशाखा महेश आचार्य, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख थानप्रसाद पंजानी, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख बलसागर गिरी र योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख महेश भट्टराईले जिम्मेवारी सम्हालिहरेकाछन् । त्यहाँ महाशाखा ९ वटा छन्, सहसचिव १० जना कार्यरत रहँदा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी २ जना सहसचिवलाई दिने तयारी अर्थ मन्त्रालयले गरेको हो ।
बिज्ञापन
स्रोतका अनुसार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायण प्रसाद रिसालको अधिकारी कटौती गर्दै अर्को सहसचिव दीर्घ मैनालीलाई दिने तयारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् ।अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख रहेका मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा भएपछि जिम्मेवारीबिहीन थिए ।