यी उपसचिवले पाए अर्थका आकर्षक अड्डा

अर्थ मन्त्रालयले २ सचिव, १७ जना सहसचिव चलाएपछि एकै पटक ५८ उपसचिवको सरुवा गरेको छ ।जसमा केही शक्तिशाली उपसचिवहरुले अर्थ मन्त्रालय मातहतको आकर्षक कार्यालय मानिने कर कार्यालय हाँक्ने जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

मन्त्रालयले मन्त्रालय मातहतका मन्त्रालय,विभाग,कार्यालय मातहतका उपसचिवहरु चलाएको हो । मन्त्रालयले गरेको सरुवा सूची अनुसार, ९ जना प्रमुख कर प्रशासकहरु अर्थ मन्त्रालयमा भित्रिएका छन् भने आन्तरिक राजश्व कार्यालय लाजिम्पाटको निर्देशकको जिम्मेवारीमा रहेका १२ जना एकै लटमा सरुवामा परेका छन् । यस्तै भन्सार विभागबाट २ जना उपसचिव बाहिरिएका छन् । मन्त्रालयले गरेको सरुवा सूची अनुसार सुदिश कुमार अर्याल,प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, नेपालगञ्‍ज, बाँकेबाट अर्थ मन्त्रालयमा तानिएको छ । यस्तै प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, नयाँसडकबाट शशि भट्टराई मन्त्रालयमा आएका छन् । काठमाडौंका पुतलीसडक,वानेश्वर,न्युरोड,त्रिपुरेश्वर,महाराजगञ्ज, बानेश्वर, ललितपुर १, ललितपुर २, कलंकी लगायतका कार्यालयहरु आकर्षक मानिन्छन् । यस्तै ठूला करदाता कार्यालय र मध्यमस्तरिय करदाता कार्यालयमा उपसचिवहरुका लागि आकर्षक मानिन्छन् । यस्तै भन्सार विभाग वीरगञ्ज भन्सार कार्यालय र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा सहसचिवहरु रहेका हुन्छन् । यस्तै, रसुवा भन्सार, तातोपानी भन्सार, विराटगर भन्सार, सुख्खा बन्दरगाह भन्सार, भैरहवा भन्सार मेची भन्सार कमाउ कार्यालय मानिन्छन् । रसुवा भन्सारका हाकिम रामप्रसाद पाठक कार्यरत छन् । त्यहाँ रहँदा कारवाहीमा परेका रामप्रसाद रेग्मी मेची भन्सारमा पुगेका छन् । रसुवामा हुँदा गरेको बदमासी त्यहाँ पनि उनले जारी राखेका छन् ।

बिज्ञापन

प्रमुख कर अधिकृत, ठुला करदाता कार्यालय, ललितपुरका शरद निरौला,तातोपानी भन्सारका प्रमुख दयानन्द केसी, मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलबाट किशोर ढकाल मन्त्रालयमा भित्रिएका छन् । यस्तै आन्तरिक राजस्व विभाग, लाजिम्पाटको निर्देशक सम्झना बराल, गण्डकी प्रदेश, पोखराका उपसचिव राजेन्द्र बन्धु अर्याल,आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर, कञ्‍चनपुरका प्रमुख डोलिन्द्र प्रसाद शर्मा,जलेश्‍वर भन्सार कार्यालय, जलेश्वरका प्रमुख अमित पौडेल सिंहदरबार फिर्ता भएका छन् ।

यस्तै मन्त्रालयले प्रकाश पौडेललाई आन्तरिक राजस्व विभाग, लाजिम्पाट,बुटवलबाट ध्रुव पोखरेललाई आन्तरिक राजस्व कार्यालय लाजिम्पाटमा खटाएको छ । यस्तै लाल प्रसाद शर्मा, बालाजु कार्यालयबाट लाजिम्पाट पुगेका छन् । ललितपुरबाट ठग बहादुर महोत्रा,सिमराबाट राज कुमार खतिवडा,ठूला करदाता कार्यालयबाट विश्‍व बन्धु पौडेल र सुवोध खतिवडा,मध्यमस्तरीय करदाता कार्यालय बबरमहलबाट लक्ष्मी पराजुली,आराका डडेल्धुराबाट बासु पौडेल,अर्थको उपसचिव मञ्‍जु अधिकारी,सीता बर्तौला,आराका सुर्खेतका प्रमुख कर अधिकृत कपील प्रसाद सुवेदी आराकामा पुगेका छन् ।

बिज्ञापन

यस्तै आराका कोटेश्वरका प्रमुख गणेश प्रसाद अर्याललाई भन्सार विभागको निर्देशकको जिम्मेवारी दिइएको छ । धनुषाकाट किशोर बर्तौला,कैलालीबाट राजेन्द्र कुमार हमाललाई भन्सार विभागको निर्देशकको जिम्मेवारी दिएर पठाइएको छ । यस्तै झापा आराकाबाट लव कुमार अधिकारी ईटहरी सरुवा भएका छन् भने प्रमुख भन्सार अधिकृत, गौतमबुद्ध अध्यागमन विभाग भैरहवाका प्रमुख कर अधिकृत,टिकाराम गैरे आन्तरिक राजस्व कार्यालय, बुटवल पुगेका छन् । त्रिवि भन्सारका प्रमुख भन्सार अधिकृत गगन बहादुर बि लाई आन्तरिक राजस्व कार्यालय, कोटेश्वरको प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै तिलक बहादुर खड्का महाराजगञ्‍ज,आराकाबाट डडेल्धुरा आराकामा खटाइएको छ भने । लहानका प्रमुख कर अधिकृत पुन्य प्रसाद रिजाल आराका झापा खटाइएको छ । यस्तै सुन काण्डमा मुछिएका श्रीधर टण्डन त्रिवि भन्सारबाट आन्तरिक राजस्व कार्यालय, दाङ्गमा पठाइएको छ ।

सरुवाको सूची अनुसार,अर्थका उपसचिव पुर्ण प्रसाद न्यौपानेलाई प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, नेपालगंज,युवराज बस्नेतलाई प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, नयाँसडक, काठमाडौंमा पठाइएको छ । अर्को उपसचिव नरेन्द्र प्रकाश पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय पुतलीसडक ल्याइएको छ । सूची अनुसार सुरेन्द्र पाण्डे लुम्बिनी प्रदेशबाट आन्तरिक राजस्व कार्यालय, बालाजु ल्याइएको छ । भन्सार विभागका रहेका पुण्य विक्रम आन्तरिक राजस्व कार्यालय, भरतपुर पुगेका छन् भने उपसचिव प्रेमराज पोखरेललाई आन्तरिक राजस्व कार्यालय, भैरहवा पठाइएको छ ।
यस्तै,अर्थका उपसचिव मुक्तिराम आचार्यलाई प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा खटाइँदा डमरु प्रसाद पराजुली आन्तरिक राजस्व कार्यलय, दमौलीबाट आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर, कञ्‍चनपुर पुगेका छन् । यस्तै आराका लाजिम्पाटबाट सीता आचार्य रिसाल आन्तरिक राजस्व कार्यालय, ललितपुर २, भिम प्रसाद काफ्लेलाई मन्त्रालयबाट प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, लाहान पठाइएको छ । यस्तै टिकाराज चौलागाईलाई आराका दाङ्गबाट वीरगंज, दिनेश पाण्डेलाई आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट सिमरा खटाइँदा आराका ठूला करदाता कार्यालयबाट डिल्ली राम पौडयाल आन्तरिक राजस्व कार्यालय, सुर्खेत पुगेका छन् ।

सूची अनुसार तुलसी प्रसाद चौलागाईलाई प्रमुख कर अधिकृत, मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलबाट अर्थ मन्त्रालयमा ल्याइएको छ भने । उद्धव राज न्यौपाने प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, कृष्णनगर, कपिलबस्तुबाट ठूला करदाता कार्यालय, ललितपुर आइपुगेका छन् ।यस्तै सन्त बहादुर ढकाललाई आन्तरिक राजस्व विभाग, लाजिम्पाट प्रमुख कर अधिकृत, ठूला करदाता कार्यालय, हरिहरभवन पठाइएको छ । खगेन्द्र खड्का कोशी प्रदेशबाट ठूला करदाता कार्यालय, हरिहरभवन ल्याइदा घनश्याम पन्थीलाई भन्सार विभाग, त्रिपुरेश्वरबाट ठूला करदाता कार्यालय, हरिहरभवन खटाइएको छ । यस्तै ध्रुव प्रसाद पाण्डेलाई मन्त्रालयबाट प्रमुख कर अधिकृतका रुपमा ठूला करदाता कार्यालय, हरिहरभवनमा खटाइँदा जगदिश वसेल प्रमुख कर अधिकृत, आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट मध्यमस्तरीय करदाता कार्यालय, बबरमहल पठाइएको छ । यस्तै लक्ष्मी कुमार रिमाल हेटौडाबाट प्रमुख कर अधिकृत, मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा ल्याइएको छ ।

सूची अनुसार, नव राज अर्याललाई लाजिम्पाटबाट मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलमा पठाइएको छ । निरन भट्टराई प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भरतपुर, चितवनबाट प्रमुख जाँचपास परीक्षक, भन्सार जाँचपास परीक्षण कार्यालय पुगेका छन् भने कमल कुमार भट्टराईलाई मन्त्रालयबाट प्रमुख भन्सार अधिकृत, तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक पुगेका छन् । शान्ति राम निरौला प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट त्रिविस्थल भन्सार कार्यालय, गौचरमा ल्याइएको छ ।

यस्तै अर्जुन कुमार न्यौपाने प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, ईटहरी प्रमुख भन्सार अधिकृत, त्रि.वि.स्थल भन्सार कार्यालय, गौचर आइपुगेका छन् भने गजेन्द प्रसाद यादव प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, पुतलिसडक, काठमाडौं उपसचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा खटाइँदा सुव प्रसाद रिजाल प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, जुम्लाबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात महिना नबित्दै स्थानीय सेवा ऐन संशोधन,प्रदेशसभामा पेश गरिँदै

निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

बिशेष