को बन्दैछ गृह सचिव ?

गृह सचिव एकनारायण अर्याल मुख्य सचिव बनेसँगै चर्चा र चासोको बिषय छ,अबको गृह सचिव को होला ?
अहिले गृह मन्त्रीको जिम्मेवारीमा छन् रमेश लेखक । त्यहाँ जानका लागि पूर्व गृहसचिवसहित पाँच सचिवहरुबीच तिव्र प्रतिष्प्रर्धा शुरु भएको छ ।

बिज्ञापन

काँग्रेस निकटका सचिवहरुबीच प्रतिष्प्रर्धा छ । गृह सचिव बन्ने लाइनबाट रिङ आउट भइसकेका छन् गोकर्णमणि दुवाडी । यस अघि भूमि व्यवस्था मन्त्रालयम रहेका दुवाडीलाई २२ सचिव सरुवा हुँदा उनलाई केन्द्रीय तथ्यांक कार्यालयमा खटाइएको छ । रेमश लेखकसँग सम्बन्ध विग्रिएका कारण उनी गृह सचिव बन्ने लाइनबाट आउट भएको चर्चा छ ।
गृह मन्त्रालयको सचिव बन्ने लाइनमा अर्जुन पोखरेल,दीपक काफ्ले,विनोद सिंह,नारायण शर्मा दुवाडी, कृष्णहरि पुष्कर र दिनेश भट्टराईको चर्चा छ ।

बिज्ञापन

काँग्रेसको मन्त्री भएको कारण सो स्थानमा अर्जुन पोखरेल बन्न सक्ने प्रवल सम्भवना रहेको बताइएको छ । यस अघि बअर्थ सचिव बनिसकेका उनको बूढानिलकण्ठ दरबारसँग राम्रो सम्बन्ध र पहुँच भएका कारण उनलाई गृह सचिव बनाइने चर्चा छ ।

यस्तै शिक्षा मन्त्रालय आइपुगेका सचिव काफ्लेदेखि पूर्व गृह सचिव सिंहको नाम समेत गृह सचिवको रुपमा चर्चामा छ । सिंह पहिल्यै गृह सचिव बनिसकेका हुँदा उनी फेरि दोहोरिने चर्चा पनि छ । यस्तै कृष्णहरि पुष्करको जीवनसाथी आभा सूदुरपश्चिमकै भएका कारण समेत उनको बूढानिलकण्ठसँग सम्बन्ध समुधुर रहेको छ,सोही कारण उनी गृह सचिव बनेको खण्डमा अनौंठौं नमाने हुन्छ भन्ने तर्क गर्नेहरु पनि छन् ।

बिज्ञापन

ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, रामकृष्ण सुवेदी ०७६ कार्तिक ५, दिनेश भट्टराई ०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन । दिनेशभन्दा कनिष्ठ हुन अहिलेका मुख्यसचिव एकनारायण अर्याल । तोयनारायणले राजीनामा दिएर हिडिसकेका छन् भने रामकृष्ण माओवादी निकटका हुँदा उनको कुनै सम्भवना छैन,गृहमा आउने । सचिवमध्ये सिनियर रहेका दिनेशलाई पुन गृहमा ल्याउने र एकनारायणलाई मुख्य सचिव बनाउने सहमति भइसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष