सामान्यमा सरुवा माग्नेको लर्काे :-खरिदारदेखि उपसचिवसम्मका १ हजार बढीको आवेदन

यस आर्थिक वर्षका लागि एक हजार बढी कर्मचारीले सरुवा माग गरेका छन्। अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन्।

बिज्ञापन

मन्त्रालयका संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका उपसचिव कमल भट्टराईका अनुसार हालसम्म सरुवाका लागि १ हजार बढी कर्मचारीले आवेदन दिएको जानकारी दिए। यसरी आवेदन पेश गर्नेमा खरिददार तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

मन्त्रालयले १६ साउनमा मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको थियो । एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेकोमा भदौं १३ गतेसम्ममा १ हजारभन्दा बढी कर्मचारीहरुले सरुवा माग्दै मन्त्रालयमा आवेदन पेश गरेका हुन ।

उनीहरुले इमेल तथा कार्यालयमै उपस्थित भएर आवेदन दिएका बताइएको छ ।

बिज्ञापन

मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो आवेदन आह्वान गरेको थियो । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय र निकाय सरुवा गर्नुपर्ने हुन्छ ।

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले सरुवा आवेदन पेश गरेका कर्मचारीहरुलाई भदौं महिनाभित्रै सरुवा गरिसक्ने जनाएको छ । भदौंभित्र कर्मचारी सरुवा गर्ने भएको हुँदा सरुवाका लागि आवेदन पेश गर्न छुट भएका कर्मचारीहरुलाई आवेदन दिन मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष