चलचित्र विकास वोर्डको अध्यक्षमा तीन जना सिफारिस,करिष्मा ‘रिङ आउट’

९ साउनदेखि रिक्त रहेको चलचित्र विकास वोर्डको कुर्सीमा को पुग्ला ? धेरैको अनुमान छ ‘भुवन केसीको ठाउँमा दिनेश डिसी । घटनाक्रम त्यही ढंगबाट विकास भइरहेको छ । अध्यक्षका लागि आवेदन दिएकी पूरानो अभिनेत्री करिष्मा मानन्धर हालै मात्र चपली हाइटमा पुगेर शक्तिकेन्द्र भेट गरेसँगै परिणाम अर्कै आउन सक्ने आँकलन गरिएको थियो । नव एमालेका रुपमा चित्रित ‘सूर्यकुमारी’ हालैमात्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुगेर भैलो खेलेर परिणाम अरु नै आउन सक्ने आँकलन गरिएको थियो ।

बिज्ञापन

उमेद्धारहरुले गत आइतबारमात्र अध्यक्षका लागि आवेदन दिएकाहरुले सञ्चार मन्त्रालयमा आफ्नो कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ता दिएका थिए । साँझ ५ बजेपछि मन्त्रालयका सहसचिव वावुराम भण्डारी,संस्थान समन्वय शाखाको उपसचिव इन्द्र बस्याल,एक जना विज्ञ सदस्यको टोलीसँग उनीहरुको प्रस्तुतिकरण अन्र्तवार्ता दिएका हुन ।
अध्यक्ष पदका लागि सूर्यकुमारी उर्फ करिश्मा मानन्धरदेखि चलचित्र निर्देशक दिनेश डिसी,दिपा पाण्डे बस्नेत,संस्कृतिकर्मी राजेशकुमार थापा,निर्माता अर्जुनकुमार डंगोल र बोर्ड सदस्य प्रकाश भट्टराई अध्यक्षहरु चर्काे दौडमा थिए ।
तर करिष्मा मानन्धर आउट भएकी छिन् । सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयका अनुसार दिनेशराज दाहाल (डिसी), दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको हो ।

बिज्ञापन

सिफारिस समितिले तीन जनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष पेश गरेको र तीन जना मध्ये कुनै एक जनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । आजै बस्ने क्याविनेटले विकास वोर्डको अध्यक्षमा सिफारिस गर्न सक्नेछ ।

आवेदन दिनेमध्ये अधिकांश एमाले निकटका थिए । करिश्मा एमालेको साहित्य,कला तथा सांस्कृतिक विभागकी सदस्य, आधा दर्जन चलचित्रको निर्देशन र चार दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका दिनेश डिसीले बालुवाटारको ग्रिन सिग्नल पाएरै गत १६ साउनमा आवेदन खुले लगतै ६९ बुँदे कार्य योजनासहित पहिलो दरखास्त हालेको बताइन्छ । उनी पनि जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसँगै एमाले सम्वद्ध जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य समेत हुन । राजेशकुमार थापा जनसांस्कृतिक महासंघका हर्ताकर्ता अनि निर्माता अर्जुनकुमार यसअघि एमालेको कोटाबाट विकास बोर्डमा सदस्य खाइसकेका हुन । यीमध्येबाट डिसी,दीपा पाण्डे र राजेश थापाको नाम सिफारिस भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

दुई मन्त्री, पाँच विचौलियालाई प्रतिवादी बनाएर विशेष अदालत पुग्यो अख्तियार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

बिशेष