यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना प्रविधि निर्देशक मुकेश रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउन माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
अवैध सवारी चालक अनुमति पत्र बिक्री वितरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई गुमराह गर्ने गरी रिजालले रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको र उक्त समितिले गलत प्रतिवेदन तयार पारेको दाबी उजुरीमा गरिएको छ । करोडौंको भ्रष्टाचारलाई ढाकछोप गरी गलत प्रतिवेदन तयार गरेकाले रिजाल र रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्ने उजुरीकर्ता
धनुषाको धनुषाधाम नगरपालिका २ का तोताद्रीप्रसाद बरालको माग छ ।
अहिले चर्चामा रहेको नक्कली लाइसेन्स प्रकरणका खास खेलाडी हुन भनिन्छ,रिजाल र रेग्मीलाई । रिजाल विभागका महानिर्देशक छन् अनि रेग्मी आइटीका हाकिम उनै रेग्मीले आफ्नो पूरानो पार्टनरलाई यातायात व्यवस्था विभागको डेटाबेसमा पहुँच दिएर पछिल्लो ६ महिनाकै अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट गराएको बताइन्छ । विभागका अइटी निर्देशक मुकेश रेग्मीकै सकृयतामा अवैध लाइसेन्स वाडिए पछि आफै फस्ने भयले आफ्नै सकृयतामा छानविन समिति वनाइएको उजुरीकर्ताको आरोप छ । यस्को स्वतन्त्र निकायवाट वा अख्तियारवाट छानविन हुनु पर्नेमा त्यसो नगरी रेग्मीकै संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको थियो । रेग्मी संयोजकत्वमा विभागकै शाखा अधिकृत अर्जुन अधिकारी, आइटी इन्जिनियर बोधराज बराल र सिआइबीका डिएसपी तपनकुमार दाहाल सदस्य रहेको समिति गठन गरी एक लाख बढी अवैद्य लाइसेन्स बाढिएको प्रतिवेदन सार्वजनिक गरियो जबकी जबकी यस अघि नै सचिवस्तरीय (२०८० पुस ४) को निर्णयानुसार मन्त्रालयका सीडीई सुरेश श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले पेश गरेको प्रतिवेदनलाई लुकाइएको छ ।
गत बर्ष पुस ५ गते काठमाडौं अपराध अनुसन्धान महाशाखाले राजकुमार थापा नाम गरेका स्थायी ठेगाना पर्वतका एजेन्टलाई पक्राउ गरेको थियो । थापाले यातायातका आईटीका टिमसँग ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरुको पास भएको भन्दै लाईसेन्स बनाउने काम गर्दै आएका थिए । एजेन्ट थापाले पछिल्लो समय यातायातका आईटीसँग सेटिङ मिलाई (०८ लुम्बिनीको कोर्ड) बेलबहादुर देवकोटाको नाममा ०१–०८–८८९९०४३१ नम्बरको लाईसेन्स बनाएका थिए । यातायातमा यस अघि लाईसेन्सको ०१–०१५००००० नम्बरमा चलिरहेको थियो तर एक्कासी लाईसेन्सको नम्बर (८८९९०४३१) आठ करोड पुगेको देखाइएको छ । यस्को पछाडिको खेलोमोल के हो ? १५ लाख नम्बरसम्म सिरियल्ली लाइसेन्स वितरण भएकोमा रेग्मी आएपछि दशैंयता एकैपटक सिरियल नम्बर जम्प गरेर ८ करोडबाट वितरण गरिएको छ । डेटाबेसमा गएर ब्याक डेटमा लाइसेन्स जारी भएको तथा नवीकरण भएको देखाउनका लागि उक्त ग्याप राखिएको यातायातका जानकारहरु बताउँछन् ।
विभागको सफ्टवेयरको मास्टर आइडि र डाटावेस उनै उद्धव र मुकेशका खास पात्र मानिएका सविन श्रेष्ठले चलाउँदै आएकाछन । कन्सल्टेन्सीका प्रतिनिधि सविन श्रेष्ठ यसअधि मुकेश रेग्मीसँग निर्वाचन आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा परामर्शदाताका रूपमा सँगै काम गरेका व्यक्ति हुन् । मुकेशले सबै अवैध काम सविनमार्फत गराउँदै आएको उजुरीमा उल्लेख छ । रिजाल र रेग्मीले विचौलिया सविन श्रेष्ठको उक्साहटमा आफूमाथि भइरहेको अनुसन्धानलाई डाइभर्ट गर्न विभिन्न जालसाजी गरिरहेको पनि उजुरीमा भनिएको छ । करोडौंको भ्रष्टाचारलाई ढाकछोप गरी गलत प्रतिवेदन तयार गरेकाले रिजाल र रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउनुपर्ने उजुरीकर्ताको जिकिर छ ।
आईटी निर्देशक रेग्मी निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र केन्द्रमा रहँदा अनेकपल्ट विवादमा आएको पनि उजुरीमा उल्लेख छ । आईटी निर्देशक रेग्मी निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र केन्द्रमा रहँदा अनेकपल्ट विवादमा आएका कर्मचारी हुन । प्रधानमन्त्री कार्यालयमा कार्यरत रहँदा यातायातमा स्मार्ट कार्डको ठेक्का लगाउने कामको वादशाह भनी चिनिने विकल पौडेलसँग समेत रेग्मीको साँठगाँठ रहेको उजुरीमा उल्लेख छ ।
यस्तै महानिर्देशक उद्धव रिजालले भर्खरै पोस्टिङ भएकी एक महिला कर्मचारीलाई अश्लिल म्यासेज पठाएर हत्तु गरेको खबर यस अगाडि नै बाहिरिएको थियो ।