को होला २७ औं मुख्यसचिव ?

नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला शनिवारदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।
गत असार ९ गते बैकुण्ठ अर्याललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मुख्य सचिव पद रिक्त थियो । असार १० गतेदेखी प्रधानमन्त्री कार्यालयको बरिष्ठ सचिवको रुपमा गड्तौताले निमित्त मुख्य सचिवको जिम्मेवारी समाल्दै आएकी थिइन । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महिलालाई पनि मुख्य सचिवको जिम्मेवारी दिऔँ भन्ने मनशायले लीलादेवी गड्तौला ३५ दिन मुख्यसचिव चलाएर घर फर्कदै छिन् ।
लीलादेवीपछि उक्त कुर्सीमा को पुग्ला ? चासो कर्मचारी वृत्तमा व्यापक छ ।

बिज्ञापन

नयाँ मुख्यसचिव नियुक्ति प्रकरणले स्थायी सत्ता भनेर चिनिने कर्मचारी प्रशासनमा निकै ठूलो कम्पन ल्यायो । विगतमा सुरक्षा निकायमा हुँदै आएको वरिष्ठ पन्छाएर कनिष्ठलाई तान्ने प्रवृत्ति निजामती कर्मचारीमा समेत देखिदैं आएको छ । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको ठाउँमा लीलादेवी गड्तौलालाई क्रमशः निमित्त, कामु बनाउँदै केही साताका लागि मात्रै भए पनि मुख्यसचिव बनाइएपछि यसबारेको निजामतीमा राम्रै चर्चा सुनिएको हो । हुन पनि सरकारले निकै सोच विचार गरेरै ज्येष्ठताको आधार तोडेको देखिन्छ । पहिलो मुख्यसचिवको रूपमा महिलालाई अगाडि बढाउँदा एकातिर रोलक्रम मिच्न मिल्ने र उता अरुले खुलेर विरोध गर्न पनि नसक्ने हुँदा नयाँ नजिर स्थापित गर्न उनलाई छानिएको बुझाइ कर्मचारी वृत्तमा छ । त्यसबाहेक कतै म विरुद्धको मुद्दा स्थापित र फैसला नहुँदै किन अर्को मान्छे राखेको भन्ने अड्को थापेर बैकुण्ठले अप्ठ्यारो पार्छन् कि भन्ने आशंकाका कारण पनि छिट्टै बिदा हुने क्रममा रहेकी लीलादेवीलाई छानेको भन्नेहरु छन् ।

बिज्ञापन

लीलादेवी आफूभन्दा दुई वर्षअघि नै सेवा प्रवेश गरेकालाई पन्छाउँदै उनी मुख्यसचिव बनेकी हुन् । यसअघि एउटै ब्याचमा रहेकामध्येबाट कोही अघि, कोही पछि सचिव बनेकाहरू नै मुख्यसचिव बन्दै आएका थिए । तर, इतिहासमै पहिलोपटक ब्याच नै उछिन्ने काम लीलादेवीको नियुक्तिमार्फत भएको भन्ने पनि भेटिएका छन् । वरिष्ठता नै हेर्ने हो भने पनि लीलादेवी ११ औँ नम्बरमा पर्थिन् । त्यसैले अब त्यस्तो नजिर बसेको छ कि सरकारले चाह्यो भने कुनै पनि सचिवलाई टपक्क टिपेर मुख्यसचिव बनाउन सक्छ । यो पद्धति नेपाल प्रहरीमा विश्व पोखरेललाई प्रहरी प्रमुख नबनाउँदा नै लागू भइसकेको छ । मुख्यसचिव कानुनले नै ज्येष्ठता र कार्यक्षमताको आधारमा छान्नुपर्ने किटान गरेको छ । यहाँ ज्येष्ठताभन्दा कार्यक्षमता हावी भएको भन्ने गुनासोसमेत कर्मचारीहरू गर्दैछन् ।

पहिले शंकर कोइराला वरिष्ठ हुँदाहुँदै आठौँ नम्बरमा रहेका लीलामणि पौडेललाई मुख्यसचिव बनाउँदा पनि रोलक्रम मिचिएको चर्चा चलेको थियो । तर, उनीहरू दुवै एकै ब्याचका थिए र बढुवा पनि एकैदिन भएका हुन् । त्यसैले त्यहाँ कसले पहिले पत्र बुझ्यो र कसले पछि भन्ने आधारमा त्यस्तो चर्चा चलाइयो । तथापि, सरकारको त्यस्तो निर्णयप्रति असहमति जनाउँदै शंकर कोइराला, जनकराज जोशीले राजीनामा नै दिएका थिए ।

बिज्ञापन

योग्य, क्षमतावान र उच्च नैतिकवान सचिवलाई मुख्यसचिव बनाउनुपर्ने सामान्य मापदण्ड हो । तर, मुख्यसचिव जस्तो जिम्मेवार व्यक्तिलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनेभन्दा अह्राएको मान्ने मान्छेलाई मुख्यसचिव बनाउने परम्परा बसेको छ । जसले गर्दा सिंगो निजामति प्रशासन पंगु बनेको छ । १५ भदौं पछि मुख्य सचिव को होलान ? अहिले एमाले र कांग्रेसको सरकार भएकाले एमाले–कांग्रेसनिकट सचिवहरूको दौडधुप चलेको छ । मुख्यसचिव प्रधानमन्त्रीकै विश्वासमा हुने भएका कारण ओलीले जो चाहन्छन्, त्यो नै मुख्यसचिव बन्ने कुरामा दुईमत छैन ।
मुख्य सचिव हुने रोलक्रममा तोया नारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र दिनेश भट्टराई प्रतिष्पर्धामा छन् । यी तीनजना मध्ये एकजना मुख्यसचिव हुने कुरामा दुविधा छैन । तर, प्रधानमन्त्री ओलीले कसलाई मुख्यसचिव बनाउने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न बाँकी रहेकोले को मुख्यसचिव बन्ला यसै भन्न सकिने अबस्था छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमन्त्रीका भतिज नापी प्रमुख अख्तियारको टार्गेटमा

९ कार्यालय खारेज,३२ मर्ज : सचिवसहित १८५ कर्मचारीको दरबन्दी कटौती

सिंहदरबार छाड्न नमानेका १० अधिकृत र ४ नासुको काटियो हाजिरी

१३ हजार घुससहित कार्यालय सहयोगी पक्राउ,अनुसन्धानको घेरामा कार्यालय प्रमुख

ओलीको अध्यक्षतामा आज मन्त्रिपरिषद्, रोकिएको सहसचिव सरुवा टुंग्याउने तयारी

एउटै मालपोतमा १२ बर्षदेखि सुव्वाको रजगज,रंगेहात पक्राउ पर्दा समेत उन्मुक्ति

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

सशस्त्रका दुई हाकिम सेकिए

बिशेष