कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारले दियो पुनरावलोकनको निवेदन

कर्मचारीहरूको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले गत बिहीबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । दाहालले  भने, ‘उक्त फैसलाका विषयवस्तु त्रुटीपूर्ण रहेको र न्यायको रोहमा नमिलेको देखिएको दावी सहित सरकारले पुनरावलोकनको निवेदन दर्ता गर्ने निर्णय गरेको हो । निवेदन दर्ता भइसकेको छ ।’

बिज्ञापन

पुनरावलोकनको निवेदन तीन सदस्यीय इजलासले अध्ययन गर्नेछ । त्यो इजलासमा यसअघि मुद्दाको फैसला गरेका न्यायाधीश सहभागी हुन पाउँदैनन् ।उक्त इजलासले फैसला पुरावलोकनको अनुमती नदिएमा यसअघिकै फैसला मान्य हुनेछ । पुनरावलोकनको अनुमती दिएमा अर्को तीन सदस्यीय इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ र यसअघिको फैसला त्रुटीपूर्ण देखिए त्यसलाई सच्याउनेछ ।

बिज्ञापन

गत १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।न्यायाधीशहरु डा। मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले मर्यादाक्रममा अगाडि रहेका कर्मचारीको तलबमान पछाडि रहेका कर्मचारीको भन्दा बढी हुने गरी तलब निर्धारण गर्न आदेश दिएको हो । २०८० पुस २६ गते निजामती सेवाको सहसचिव, उपसचिव र शाखा अधिकृत स्तरका कर्मचारीले २०७९ साउन १ गतेदेखि लागू हुने गरी सरकारले निर्धारण गरेको तलबमानमा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनीहरुले सरकारले निर्धारण गरेको मर्यादाक्रममा आफूहरु भन्दा पछाडि रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानमा विभागका अधिकारीहरुको सुरुको तलबमान आफूहरुको भन्दा बढी रहेको र यो विभेदपूर्ण रहेको भन्दै खारेजीको माग गरेका थिए ।समान पद र हैसियतका राष्ट्रसेवक कर्मचारीहरुलाई दिइने न्यूनतम आधारभूत सुरु तलब स्केलमा नै विभेदकारी निर्णय गरी कसैलाई काखा र कसैलाई पाखाको नीति अख्तियार गरिएको भन्दै निजामती कर्मचारीहरुले सर्र्वाेच्चमा रिट दायर गरेका थिए ।

बिज्ञापन

उनीहरुले २०६५ वैशाख ६ गते राजपत्रमा प्रकाशित मर्यादाक्रम र सरकारले निर्धारण गरेको तलबमानको तुलना गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमन्त्रीका भतिज नापी प्रमुख अख्तियारको टार्गेटमा

९ कार्यालय खारेज,३२ मर्ज : सचिवसहित १८५ कर्मचारीको दरबन्दी कटौती

सिंहदरबार छाड्न नमानेका १० अधिकृत र ४ नासुको काटियो हाजिरी

१३ हजार घुससहित कार्यालय सहयोगी पक्राउ,अनुसन्धानको घेरामा कार्यालय प्रमुख

ओलीको अध्यक्षतामा आज मन्त्रिपरिषद्, रोकिएको सहसचिव सरुवा टुंग्याउने तयारी

एउटै मालपोतमा १२ बर्षदेखि सुव्वाको रजगज,रंगेहात पक्राउ पर्दा समेत उन्मुक्ति

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

सशस्त्रका दुई हाकिम सेकिए

बिशेष