परराष्ट्रमा अब क- कस्को पालो ?

सेवानिवृत्त हुन करिब ११ महिना बाँकी हुँदै परराष्ट्र सचिव सेवा लम्साल ४ वर्षका निम्ति बेल्जियमको लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । नत्र उनले २०८२ साल असार ५ गते उमेर हदका कारण निजामती सेवाबाट अवकाश पाउँथिन् ।

बिज्ञापन

उनी ८ महिनाअघि मात्रै पहिलो महिला परराष्ट्र सचिवमा नियुक्त भएकी हुन् । लम्साल उता गएपछि सचिवको जिम्मेवारी सिनियर सहसचिव अमृत राईलाई दिने तयारी छ । राईपछि कृष्णप्रसाद ढकाल रोलक्रममा चढेका छन् । राई तीन वर्षपछि रिटायर्ड हुनेछन् भने ढकालको पाँच वर्षभन्दा बढी जागिरे जीवन बाँकी रहनेछ । गेहेन्द्र राजभण्डारी, सुशील लम्साल र घनश्याम भण्डारीको पालो आउनेछ । गेहेन्द्र बेल्जियम, रामकाजी खड्का जर्मनी र नोभेम्बरमा तापस अधिकारी पाकिस्तानबाट फर्कने क्रममा छन् ।

बिज्ञापन

अहिले अष्ट्रेलियाको निम्ति राजदूतमा प्रस्तावित कान्ता रिजालको नाम काटियो । अमेरिकामा हुँदा लगेको घरेलु सहायकलाई हरिश्चन्द्र घिमिरे र लेखनाथ गौतमले फिर्ता ल्याएका थिए । त्यसो त अमेरिका जाने धेरैजसोले सहयोगीहरुलाई उतै छोड्ने गरेका छन् । डा। अर्जुन कार्कीले पटक पटक गरी आधा दर्जन बढीलाई उतै छोडेको बताइन्छ । हाम्रा कुटनीतिज्ञको घरेलु कामदार भई अमेरिका गएर नफर्कनेको संख्यामात्रै करिब डेढ सयको हाराहारीमा पुगेको बताइन्छ ।

यसबीच परराष्ट्रका उपसचिवहरु विभिन्न देशको राजदूतावासमा तैनाथ गरिएका छन् । तिनमा मन्त्री आरजु राणाको पिए रहेकी सिर्जना अधिकारीको जेद्दा, राहदानी शाखाका रमेश चर्मकारको प्रिटोरिया, राष्ट्रपति कार्यालयमा कार्यरत रञ्जिता दाहालको अबुधावी र बिपिन दवाडी लण्डन रहेका छन् । प्रकाशमणि पौडेल पोर्चुगलका लागि नेपाली राजदूत बनेर गएपछि रिक्त कन्सुलर सेवा विभागमा राष्ट्रपति कार्यालयबाट दिलिप पौडेल आउने सम्भावना छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

बिशेष