७५९ कर्मचारीलाई चाहियो सरुवा,भदौंभित्र सरुवा गरिसक्ने मन्त्रालयको योजना

यस आर्थिक वर्षका लागि ७५९ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन्। अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन्।

बिज्ञापन

मन्त्रालयका संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका उपसचिव कमल भट्टराईका अनुसार हालसम्म सरुवाका लागि ७५९ कर्मचारीले आवेदन दिएको जानकारी दिए। यसरी आवेदन पेश गर्नेमा खरिददार तहदेखि उपसचिव तहसम्मका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

मन्त्रालयले १६ साउनमा मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको थियो । एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेकोमा भदौं ५ गतेसम्ममा ७५९ कर्मचारीहरुले सरुवा माग्दै मन्त्रालयमा आवेदन पेश गरेका हुन ।

उनीहरुले इमेल तथा कार्यालयमै उपस्थित भएर ७५९ कर्मचारीले आवेदन दिएका बताइएको छ ।

बिज्ञापन

मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो आवेदन आह्वान गरेको थियो । निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय र निकाय सरुवा गर्नुपर्ने हुन्छ ।

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले सरुवा आवेदन पेश गरेका कर्मचारीहरुलाई भदौं महिनाभित्रै सरुवा गरिसक्ने जनाएको छ । भदौंभित्र कर्मचारी सरुवा गर्ने भएको हुँदा सरुवाका लागि आवेदन पेश गर्न छुट भएका कर्मचारीहरुलाई आवेदन दिन मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै मालपोतमा १२ बर्षदेखि सुव्वाको रजगज,रंगेहात पक्राउ पर्दा समेत उन्मुक्ति

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

सशस्त्रका दुई हाकिम सेकिए

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

आर्थिक र सामाजिक चुनौतीमा दिगो सामाजिक सुरक्षा प्रणालीको भूमिका

सरकार प्रमुखकै कार्यालयमा विकृती : मनमौजी खरिद,भुक्तानीमा आलटाल

स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

बिशेष