प्रधानमन्त्री मातहतका २ विभाग नेतृत्वविहिन,तीन जिल्ला सिडिओ खटाउन गृहलाई सकस

सहसचिव दरबन्दी रहेका पाँच वटा महत्वपूर्ण निकाय रिक्त छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतकै दुई र गृह मातहतका तीन जिल्लामा सरकारले सहसचिवलाई जिम्मेवारी दिएर पठाउन सकेको छैन ।

बिज्ञापन

सरकारले एकै पटक ५९ सहसचिवको सरुवा गर्दा राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई खेदिएको छ । प्रचण्ड सरकार हुँदा गत जेठमा यी दुई ठूला विभागका हाकिम बन्न गएका थिए चक्र बूढा र कमल भट्टराई । ओली प्रधानमन्त्री बनेलगतै दुई महिनामै माओवादी निकटका प्रशासकहरु खेदाइमा परेका छन्, चक्र बूढालाई अहिले राष्ट्रिय सुरक्षा परिषद् र कमल भट्टराईलाई सूचना आयोगतिर लखेटिए पनि त्यहाँ नयाँ हाकिम पठाउन सकिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको विभागमा नयाँ सहससचिवलाई खटाउन सकिएको छैन ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकमा सुमन दाहाललाई पठाउने तयारी छ भने राजश्व अनुसन्धान विभागमा जानका लागि चण्डी घिमिरेको दौडधूप तिव्र पारेका छन् ।  प्रधानमन्त्री कार्यालयका बरण्डामा थन्काइएका उपसचिवमध्ये इन्द्र गौतम,तेजनारायण यादव,प्रेम देवकोटाहरुलाई सम्पत्ति शुद्धीकरणमा खटाउने तयारी छ । यद्यपि ती कर्मचारीको खटन पटनमा ढिलाइ भइरहेको छ ।

उता ५९ सहसचिव सरुवा हुँदा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परे । सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने तयारी स्वरुप परराष्ट्रमा पठाइएको छ भने सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यस्तै, अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई वैदेशिक रोजगार विभागको महानिर्देशकका बनाइएको छ । अस्तिकै लटको सरुवामा राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेर पठाइएको छ तर उनीहरुलाई जिम्मेवारी दिइएको छैन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष