कुलमानलाई फाल्ले, आयल निगम डुबाउने चण्डिकालाई पाल्ने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्तिसँगै डा चण्डिका भट्टको सक्रियता शुरु भएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले त्यहाँ बसेर चलखेल शुरु गरेका छन ।

बिज्ञापन

भट्टको पृष्टभूमि नै विवादित छ । नेपाली कांग्रेस र नेकपा माओवादीले केन्द्रले दुई महत्वपूर्ण निकायको नियुक्तीमा भागबन्डा गर्दा आयल निगम कांग्रेसलाई र दूरसञ्चार प्राधिकरण माओवादी निकटलाई बाँडफाँड गरिएको थियो । दुर संचार प्राधिकरणले बर्षमा १२र१३ अर्बको कारोबार गर्छ भने नेपाल आयल निगमले बर्षमा एक खर्ब भन्दा बढीको कारोबार गर्छ ।त्यसै भागबण्डा यस अघिको दुई पटकसम्म आवेदन दिएर रिजेक्ट भएका भट्ट तेश्रो पटकको आवेदनमा स्वीकृत भए अर्थात उनी कार्यकारी निर्देशकमा छनौंट भए । नेपाल आयल निगममा जानका लागि उनको दौड कतिसम्म थियो भने तीन पटक कार्यकारी निर्देशकका लागि विज्ञापन खुलायो । तीनै पटक आवेदन दिएका उनले यस पटक १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै बाजी मारेका हुन अरबौको बार्षिक बजेट संचालन गर्ने निगमको नेतृत्वमा चण्डिकाले पुन दोहोरिन खोज्नुका पछाडि के कारण होला ?

बिज्ञापन

भट्ट यस अघि २०७० जेठदेखि २०७० मंसिरसम्म कार्यकारीको रुपमा काम गरेका थिए । १० वर्षअघि निगमको नेतृत्वमा रहेका उनै भट्टको कार्यसम्पादन क्षमता कमजोर भएकै कारण तत्कालीन आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २०७१ माघमा हटाएका थिए।

खेलाडी भट्ट पछि च्यानल मिलाएर विशेष आर्थिक क्षेत्र सेजको कार्यकारी निर्देशकमा नियुक्त खान पुगे । खानी विभागका केमिकल इन्जीनीयर भट्टले २०७२ असोज ६ गते ४ वर्षका लागि नियुक्त निर्देशक भट्टको २०७६ असोज ६ गते कार्यकाल सकिएको थियो तर कार्यकाल सकिँदा समेत सेजको बा २ झ नम्बर १९४४ नम्बरको गाडी फिर्ता नगरेपछि सेजले पत्रै काटेर गाडी फिर्ता मागेको थियो । स्मरण रहोस,उनको कार्यशैलीको बिषयमा प्रश्न उठेपछि तत्कालीन मन्त्री मातृका यादवबाट लिखित स्पष्टीकरण तथा सार्वजनिक कार्यक्रममै हपारिएका भट्टका कार्यशैलीप्रति वर्तमान मन्त्री दामोदर भण्डारी समेत बेखुस रहेको उद्योग मन्त्रालयमा चर्चा सुनिन थालेको छ ।

बिज्ञापन

सेजमा रहँदा उनले सेजको परिकल्पना अनुसार सिन्को नभाँची उनले कार्यकाल गुजारेका उद्योग मन्त्रालयका उच्च कर्मचारीहरु बताउँछन् । उनको कार्यशैलीका कारण भैरहवा,सिमरा सेजको बेहाल भएको तर भट्टले सेजलाई कमाइखाने भाँडो मात्र बनाएको कर्मचारीहरु बताउँछन् । केमिकल इञ्जिनियर भट्टको दरबन्दी खानी विभागमा भएको भए पनि उनी कहिल्यै विभाग टेकेनन् ।
यता भट्टले हालैमात्र चलखेल शुरु गरेका छन्,उनको चलखेल हो पाँचौदेखि ११ औं तहसम्मका कर्मचारीहरुको सरुवामा देखिएको छ । जसमा पाँचौं तहका तीन,छैंटौं तहका ४,सातौं तहका चार जना,आठौं तहका ३ र नवौं तहका २ कर्मचारी सरुवा भएका छन् । यस्तै दशौ र ११ औं तहका कर्मचारीहरु सरुवा हुँदा भट्टले आफू निकटका कर्मचारीलाई कमाउ हुने कार्यालय प्रमुखको जिम्मेवारी दिएर खटाएका हुन ।हालका इन्धन भण्डारण गर्ने ट्यांकी खाली राखेर उनले भैरहवामा नयाँ ट्यांकी निर्माण प्रक्रिया अगाडि बढाउन लागेको बताइन्छ ।

काठमाडौंको सिनामंगलमा अस्वाभाविक लागत तयार गरी डिपो स्थानान्तरणको एक सूत्रीय म्याण्डेट लिएर निगम छिरेका उनी नयाँ डिपो बनाउनेतर्फ केन्द्रित भएका हुन । आफूलाई रोज्ने समूहलाई खुशी पार्न उनले भैरहवाको रोहिणी खोला छेउ नयाँ भण्डारण ट्यांकी बनाउने योजना अघि सारेको र शुरुमा सिनामंगलको ठेक्का दिन खोजेकोबारे मन्त्रालयमा उजुर परेको छ । चौतर्फी विरोध र नियामक निकायको ध्यानाकर्षण हुने भएपछि उनी केहीपछि हटेको तर नयाँ निर्माण गर्न लागिएको ट्यांकीको ठेक्का पनि सोही समूहलाई दिनेगरी काम अघि बढेको निगम स्रोतको दाबी छ । सो समूहलाई धनगढीमा पनि नयाँ ट्यांकी बनाउन ठेक्का दिने प्रपञ्च मिलाइएको छ । हाल धनगढीमा जग्गा खोज्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

भट्टले आफू निकटका र्यालय प्रमुखहरूले डिपोमा सीमित व्यक्तिको समूह बनाएर इन्धन नापजाँचदेखि वितरण र माग संकलनको समेत काम गर्दै आएका गुनासो छ । उनकै कारण अहिले ठूलो संख्यामा कर्मचारी कामविहीन भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कानुनले तोकेको बाहेकका व्यक्तिबाट कामकाज गराउनु गैरकानुनी र भ्रष्टाचारजन्य क्रियाकलाप भएको स्पष्ट पारेको छ । तोकिएकोबाहेक अन्य व्यक्तिबाट काम नगराउन अख्तियारले पटक–पटक निगमलाई पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।