खरिदारदेखि अधिकृत तहका ७० कर्मचारीको वेमौसमी सरुवा,करोडौंको चलखेल

केपी ओली नेतृत्वको सरकारले एकै पटक २२ सचिवको सरुवा गर्दा सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने पक्कापक्की थियो । काँग्रेसका खास मानिएका सचिव दुवाडीको नाम अन्तिममा टिपेक्स लागेको थाहा भएको छ । गृहमन्त्री रमेश लेखकले दुवाडीलाई गृहमा ल्याउन लागेको थाहा पाएपछि लेखकका आफन्तले विगतमा दुवाडीले दिएको सास्ती र दुखको बेलिबिस्तार लगाएसँगै रमेश लेखक रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

बिज्ञापन

यता भूमि व्यवस्था विभागले गोकर्ण सरुवा हुनु र अर्जुन पोखरेल भूमिमा नभित्रदै एकै पटक ७० जना कर्मचारीको सरुवा गरेर बोलकबोलमा रकम उठाएको भेटिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटालाई अगाडि सारेर एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा भएको र उक्त सूची आजसम्म गुपचुप राखिएको छ । स्रोतका अनुसार भूमि मन्त्रालयका एक विचौलिया,कृष्ण सापकोटा र मन्त्रीका सचिवालयको सेटिङ्गमा यो सरुवाको काम तमाम पारिएको हो । उक्त स्रोतले खरिदारबाट ५ लाख,सुब्बा तहका कर्मचारीसँग ७ लाख र अधिकृत तहका कर्मचारी सरुवा गरिँदा १० लाखको दरले बोलकबोल गरिएको र एकै लटमा १ करोड भन्दा बढी रकम उठाइएको चर्चा मन्त्रालयमा समेत चल्ने गरेको छ ।

बिज्ञापन

उक्त सरुवाको केही विवरण अनुसार काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् । एउटा कमाऊ कार्यालयबाट अर्को कमाऊ कार्यालयमा कर्मचारीहरुको सरुवा गरिएको छ । जस्तो अधिकृत भक्तबहादुर विष्ट ललितपुरबाट डिल्लीबजार मालपोतमा ल्याइएको छ भने दुर्गाबहादुर दाप डिल्लीबजार मालपोतबाट ललितपुर मालपोतमा खटाइएको छ । यी दुबै अधिकृत तहका कर्मचारी हुन । विभागले नासु कृष्णकुमार नेपाललाई डिल्लीबजारबाट भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा खटाएको छ भने शिक्षा मन्त्रालय अन्तर्गत कार्यरत रमेश भट्टराईलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरेको छ । यस्तै विभागमा कार्यरत नासु पवन भट्टराई भक्तपुर मालपोतमा खटाएको छ । ललितपुर मालपोतबाट डम्बर बहादुर कार्कीलाई भक्तपुर मालपोतमा पठाएको छ भक्तपुर मालपोतबाट विजयराम बनमालालाई मालपोत कार्यालय बर्दिबासमा खटाएको छ । यस्तै कलकी मालपोतबाट खरिदार रुद्र उप्रेती भक्तपुर मालपोतमा पुगेका छन् ।

मालपोत कार्यालय मोरङका कम्युटर अपरेटर गुणानन्द झा भक्तपुर मालपोतमा पुगेका छन् । यस्तै विभागमा कार्यरत खरदार अमर पुन भक्तपुर मालपोतमा भित्रिएका छन् । ऐन अनुसार असोजमा खरिदार र नासुहरुको सरुवा गर्ने व्यवस्था भए पनि दुई महिना अगाडि नै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरु चलाइनुको पछाडि रकमको चलखेल नै हो भन्छन्,भूमिसुधारका कर्मचारीहरु । नियम अनुसार,साउन १५ सम्म निवेदन लिने, भदौं १५ अन्तरमन्त्रालय र विभागले भदौं पछि सरुवा गर्ने गरिदैं आएको भए पनि साउनको दोश्रो सातामै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरुको सरुवा गरिएको हो ।

बिज्ञापन

सचिव गोकर्णमणि दुवाडी सरुवा भएर हिड्नु र अर्जुन पोखरेल भूमिमा हाजिर हुनु अगाडि केही जग्गा विचौलिया,मन्त्रीका सचिवालयका केही कर्मचारी र भूमि व्यवस्था विभागका कर्मचारीको मिलेमतोमा सरुवा गरिएको हो । यो सरुवाको मास्टर माइण्ड खेलाडी हुन नायब सुब्बा तहका डम्बर बहादुर कार्की । यस अघि लतिपुरको मालपोतमा हुँदा सरकारी जग्गा व्यक्तिमा नाममा पारेर मुद्धा चलेपछि तीन महिनासम्म कार्यालयमा पाइला टेकेनन् । विचौलिया,भूमि व्यवस्थापन विभागका डिजीहरुलाई मिलाएर उनी ललितपुरबाट सिधै भक्तपुर फिट भएका छन् । रमाइलो चाहिँ उनी जहाँ पुगेका छन्,त्यहाँका हाकिम कुमार आचार्य समेत भैरहवा मालपोतमा कार्यलय प्रमुख हुँदा भैरहवा विमानस्थलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरण अदालत हुँदै अख्तियारमा पुगेर तामेलीमा राखिएको स्थिति छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष