संयोग यस्तो छ कि एउटै यातायात कार्यालयमा तीन जना बस्नेत । तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी टंगालसम्म पुगेको छ ।तर, भ्रष्टाचारको धनले सधैभरी पोल्छ,यो समाजिक अपराध हो ।’ भनेर प्रत्येक व्यक्तिको मोवाइलमा रिङ टोन बजाउने टंगाल दरबारले त्यहाँ भएको भ्रष्टाचार छानबिनमा चासो देखाएको छैन ।
प्रंसग हो,राधेराधेस्थित यातायात कार्यालयमा भएको अनियमितताको । ट्रयाल दिने मान्छे क्यानडामा छ । यहाँ खेताला परीक्षार्थीले परीक्षा दिन्छ र लाइसेन्स हात पार्दछ । यस्तो गडबडीविरुद्ध उजुरी टंगालमा पुग्छ तर अख्तियारले छानबिनमा चासो नदिँदा बदमासी गर्नेहरुको हौसला झनै बढेको छ ।
बिज्ञापन
उक्त यातायात कार्यालयमा एजेन्टले ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरुको पास गर्ने,ट्रायल नै नदिएका, विदेशमा भएका र मृतकका नाममा समेत लाईसेन्स बनाउने राधेराधेका कर्मचारीहरु अग्रसर देखिएको उजुरी अख्तियारसम्म पुगेको छ । २०८० असोज २३ गते बर्ग ‘बी’ को ट्रायल परीक्षा सि।न। १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उमेद्धारले परीक्षा दिए र उत्र्तीण पनि भए । सिन २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारियो । यस्का अलवा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको याताायातकै कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
त्यहाँका कर्मचारीहरुले ट्रयाल सेन्टरसँगको मिलेमतोमा अनुत्र्तीण भएकालाई उत्र्तीण गराउने,खेताला लगाएर परीक्षा दिइ लाइसेन्स दिने धन्दा चलिरहेको बताइन्छ । सो कार्यालयमा दैनिक मोटरसाइकलका १५,ह्याभी गाडीका ५ देखि ७ सम्म खेताला उमेद्धारले परीक्षा दिने काम गर्दै आएको उजुरी अख्तियारसम्म पुगे पनि कारवाही प्रक्रिया अगाडि बढेको छैन । आजीवन यातायातमै घुमेर जागिर खाएका अधिकृत छैटौंद्धय जीवन बस्नेत र विनोद बस्नेतहरु त्यहाँका हर्ताकर्ता कर्मचारी हुन । बस्नेतद्धय खोटाङका हुन । गाविस सचिवबाट जागिर प्रारम्भ गरेका तर छोटै समयमा आर्थिक रुपमा कुस्त कमाउन सफल भएका कर्मचारीका रुपमा चिनिन्छन् । मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षौदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात त्यस्तै १५ बर्षदेखि जीवन कुमार बस्नेत विभिन्न यातायात कार्यालय घुमिरहेका छन् । पिएनदेखि जागिर शुरु गरेका विनोद बस्नेतले दश बर्षभन्दा बढी समय यातायात कार्यालयमै बिताइरहेका छन् । मेकानिलक इञ्जिनियर उत्तम बस्नेतले झण्डै दुई दशक यातायातमै बिताइसकेका छन् ।
यस अघि ०७९ सालको पछिल्लो तीन महिनाको लाइसेन्सको ट्रायल परीक्षामा अनुत्र्तीण भएकालाई रकम लिएर पास गराए वापत्त गत बर्ष अख्तियारमा उजुरी परेको र सो बिषयमा सोही कार्यालयका १६ जना निजामती कर्मचारी र ट्रायल जाने ४१ जना ट्राफिकसँग अख्तियारले बयान लिए पनि मिलेमतोमा हालसम्म कारवाही नभएकोमा स्थानीयबासीहरुले ठूलो गुनासो पोखेका छन् । यस्ता रैथाने र भ्रष्ट आचारणमा मुछिएका कर्मचारीलाई आवश्यक छानबिनमा हाली स्वच्छ र निष्कंलक छविका कर्मचारीको व्यवस्था गर्न सरकारले किन सक्दैन भन्ने प्रश्न गर्दछ,त्यहाँ भेटिएका सेवाग्राहीहरु ।
बिज्ञापन
सो कार्यालयमा लिखित परीक्षा ३ सिफ्टमा चल्दछ । खोटाङ नै घर भएका करारका कम्युटर अपरेटर लिखितमा उठेको रकमको कलेक्टर हुन भनिन्छ । यिनीसँग इमान्दार कर्मचारी थुरुथुरु काम्दछन् । त्यहाँ आकस्मिक कोषको स्थापना गरिएको छ । प्रत्येक सिफ्टबाट दैनिक ३ हजार आकस्मिक कोषमा जम्मा गरिन्छ । जुन रकम मन्त्रालयमा बुझाउन भनेर उठाइने गरेको कर्मचारीहरु बताउँछन् ।
त्यहाँ मोटरसाइकल,कारजीप र बसको ट्रायल हुन्छ । बाइक र गाडीबाट तीन हजार र ठूलो मेसिनबाट १२ हजार उठ्ने रकम उनीहरुले पेवा जसरी लिने गरेको आरोप त्यहाँका कर्मचारीहरुले लगाएका छन् । बजारमूल्यभन्दा बढीमा ल्याएको सामान संख्या बढी देखाएर कीर्ते बिल बनाएर स्टोरकिपरले माथिसम्म पुर्याएर बाढ्ने गरेको आरोप त्यहीका एकाथरी कर्मचारीको आरोप छ ।यो बिषयमा यातायात कार्यालय राधेराधेका हाकिम डण्डबहादुर बस्नेतसँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा अख्तियारमा उजुरी परेको भए प्रक्रिया अनुसार कारवाही प्रक्रिया अगाडि बढ्ला भन्ने गैरजिम्मेवारपूर्ण जबाह दिएर पन्छिए ।