पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीको नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले सर सफाई गरेको छ ।
बिज्ञापन
नरपानी धार्मिक तथा पर्यटकीय स्थल हो । प्रसिद्ध सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरुको पहिलो रोजाई पनि हो नरपानी । त्यहाँ पर्यटकहरु आउदा मनमोहक बनोस भन्ने उद्देश्यले युनियनले सर सफाई कार्यक्रम संचालन गरेको हो ।
करिब १०० जना कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, रूपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा लगायत युनियनकर्मी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
हरेक वर्ष युनियनले नरपानीलाई सर सफाई गर्ने गर्दछ । सेवा प्रवाह, कर्मचारी हक, हितका साथै सामाजिक उत्तरदायित्व वहन गर्न अग्रसर युनियन अर्घाखाँचीले धेरै सकरात्मक र रचनात्मक क्रियाकलाप संचालन गर्ने गर्दछ ।
बिज्ञापन
सर(सफाई पश्चात युनियनले औपचारिक कार्यक्रम गरेर सर सफाई गर्नुको उद्देश्य, सम्पन्न गर्न सहयोग गर्ने सन्धिखर्क नगरपालिका, र यसका ६ र ७ नं का वार्ड अध्यक्ष, सामुदायिक वन, नरपानी संरक्षण समिति लगायत उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रम सचिव रमेश न्यौपानेको संचालन र अध्यक्षतामा सम्पन्न भएको थियो ।


























