यौन र चोरीकाण्डमा मुछिएका कर्मचारी :-न नसिहत, न स्पष्टीकरण

हायर गर्न सकिने,फायर गर्न नसिकने गरी कानुन तिनैले बनाउँदा कर्मचारीको दादागिरी भनिसाध्य छैन । फौजदारी अभियोग/भ्रष्टाचार मुद्धामा परेको खण्डमा मात्र हो तिनलाई तत्काल जिम्मेवारीबाट हटाउन सकिने तर नैतिक पतनमा मुछिँदा समेत पदच्यूत हुनु पर्ने कुनै कानुनी प्रावधान छैन ।

बिज्ञापन

एउटा सहसचिव तहका कर्मचारीले निर्वाचित जनप्रतिनिधिलाई ‘गधा’ उपमा दिन्छ । अर्बाै भ्रष्टाचार प्रकरणमा मुछिएका उस्लाई घोक्रेठ्याक लगाउने कुनै ऐन÷कानुन छैन । जिम्मेवारी बाट आज हटाउला भोलिपल्टै रामशाहपथबाट स्टे अर्डर बोकेर फर्किहाल्छ । अघिल्लो बर्षमात्र पाँच जना राष्ट्रसेवक यौनकाण्डमा मुछिए,तीन महिना सामान्य प्रशासनको बरण्डामा बसेपछि उक्त अपराध सात खत माफ हुन्छ,तत् तत् जिम्मेवारीमा फर्काइन्छ । निजामतीभित्र यस्ता बदमासी अनेकन भेटिन्छन् ।

बिज्ञापन

अर्थ मन्त्रालयका एक जना अधिकृत,‘नैतिक पतन’मा परेर जिल्ला,उच्च हुँदै सर्वाेच्च अदालतसम्मले दोषी करार गर्दछ,सजाय भुक्तान गर्दछन् । तर ‘सामाजिक सुरक्षा चोरी प्रकरणमा दोषी’ कर्मचारीलाई कसैले जिम्मेवारीबाट हटाउन सक्दैन । उल्टै अर्थ मन्त्रालयमा बसेर हैकम जमाइरहेका छन् ।

ती अधिकृत हुन,रामप्रसाद जोशी । उनी गाविस सचिव हुँदा सामाजिक सुरक्षा भत्ता चोरीमा मुछिए । ०७० जेठ ३१ मा सुदूरपश्चिमको बाजुरा जिल्लाका गाविस सचिवहरु सामाजिक सुरक्षा भत्ता लिनका लागि सदरमुकाम चैनपुर पुग्दछन् । यसरी सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम पुगेका गाविस सचिवजहरुमा बाँधु गाविस हेर्ने सचिव दिलबहादुर बुढा,जग्गानाथ गाविसका सचिव रामप्रसाद जोशी, जग्गनाथ र वाई गाविस, सरोजकुमार झा रूगीन गाविस र गणेशराज जैशी विच्छिया गाविसमा सचिव । उनीहरुले सामाजिक सुरक्षा भत्ताको ६४ लाख ५६ हजार ४ सय रूपैयाँ लिएर आफ्नो पालिकामा फर्कन्छन् । जसमध्ये २० लाख ४० हजार रूपैयाँ भएको कमानसिंहको १ पोका, १८ लाख ३० हजार रूपैयाँ भएको दिलबहादुरको अर्को पोका र २५ लाख ८६ हजार ४ सय रूपैयाँ भएको उही रामप्रसादको पोको । सँगै फर्किएका र सँगै सुतको उनै रामप्रसाद पैसाको पोकोसहित हराएपछि कमानसिंह कुँवरले जिल्ला प्रहरी कार्यालयमा रामप्रसादको नाममा किटानी जाहेरी दिन्छन् । किटानी जाहेरीपछि केही समयको सोधपुछसँगै रामप्रसाद बाहेक अरू सचिवहरूलाई फिर्ता पठाइन्छ भने रामप्रसादलाई जिप्रकामै राखेर थप अनुसन्धान हुन्छ । उनकै बयानका आधारमा प्रहरीले रामप्रसादलाई नै प्रतिवादी बनाएर बाजुरा जिल्ला अदालतमा चोरी मुद्दा दायर गर्छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आर्चायको इजलासले फैसला गर्दै रामप्रसादलाई १ महिना कैद र ३८ लाख ७० हजार रूपैयाँ जरिवाना ठहर गर्छ । अदालतको उक्त फैसला रामप्रसादलाई पुनरावदेनका लागि दिपालयमा पुग्छन् । त्यहाँका न्यायाधीशद्धय रेवन्तबहादुर कुँवर र नरबहादुर शाहीको संयुक्त इजलासले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दिन्छ ।

बिज्ञापन

त्यसपछि उनी सर्वाेच्च आइपुग्छन्,सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुँयालको इजलासले जिल्ला र उच्चको फैसला सदर गर्दै जोशीलाई १ महिना कैद र ३८ हजार जरिवाना हुने ठहर गर्यो । नयाँ मुलुकी अपराध संहिता २०७४ अनुसार जिल्ला र उच्च अदालतले तोकेको जरिवाना घटाएर सर्वोच्चले भने ७० हजारमा झारिदिन्छ । यसरी रामप्रसाद १० बर्षदेखि काठमाडौं सिंहदरबार अर्थ मन्त्रालयमै कार्यरत छन् । चोरी मुद्धामा अदालतबाट दोषी ठहर भएका उनी अर्थ मन्त्रालयमा राजस्व अधिकृतको जिम्मेवारीमा छन् । उनी दुई/तीन महनिाको अन्तरालमा मन्त्रालयमा पुग्छन्,हाजिर गर्दछन् । त्यही कारण अर्थका अधिकांश कर्मचारीलाई उनको बारेमा थाहा छैन । उनी अधिकांश समय लोकसेवा तयारी कक्षा पढाइरहेका छन् । १० बर्षदेखि हाजिरमात्र लगाएर जागिर बचाइरहेका ती अधिकृतको गतिविधि उपर छानबिन गर्न अर्थमन्त्रालयले हालैमात्र कर्मचारी प्रशासन महाशाखाका उपसचिव घनश्याम सुवेदीको संयोजकत्वमा एउटा समिति बनाएको छ ।

कर्मचारीहरुको कानुनै यस्तो छ कि,भ्रष्टाचार र फौजदारी मुद्धामा परेको खण्डमा उ निलम्बनमा पर्दछ तर चोरी,यौनजस्ता काण्डमा मुछिँदा उनीहरुलाई निलम्बन गर्ने कुनै कानुन छैन । गत बर्षमात्र यौनकाण्डमा मुछिएका उपसचिव डम्बरु निरौला,काजीमान राई,रेश्मा राई,यज्ञमूर्ति भण्डारीहरु अहिले पूर्ववत जिम्मेवारीमा फर्किएका छन् । हालैमात्र अत्याधिक मदिरा सेवन गरेर एयरपोर्टमै उपसचिव दीपककुमार अचार्यले रवैया देखाए । केही महिना अघि मात्र भू तथा जलाधार व्यवस्थापन कार्यालय,रामेछापको हाकिम सुरेश प्रसाद दाहालले मदिरा सेवन गरी जात्रा देखाए । कर्मचारीले कार्यालय समयमै,कार्यालयभित्रै मदिरा पिएर गाइजात्रा देखाए पनि क्वार्टरमै होस वा कार्यालयमै रसरङ्ग गर्दा समेत न स्पष्टीकरण सोधिने न त नसियत दिइने,कासमू रेटिने । यस्तै कारण न हो निजामती प्रशासनभित्र दण्डहिनता मौलाउँदै,साख खिइदैं गएको ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

आर्थिक र सामाजिक चुनौतीमा दिगो सामाजिक सुरक्षा प्रणालीको भूमिका

सरकार प्रमुखकै कार्यालयमा विकृती : मनमौजी खरिद,भुक्तानीमा आलटाल

स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

महालेखालाई भर्याङ बनाएर परराष्ट्रतिर

खरिदारको काँधमा कारागारको जिम्मेवारी,एकको मृत्यु,४७ घाइते

कर्मचारी नियुक्तिदेखि सरुवाका लागि छुट्टाछुट्टै मापदण्ड बनाउँदै सरकार

बिशेष