सियरा आचार्यको तीज गीत :-स्वामीजीले भन्छन् सार्वजनिक (भिडियोसहित)

हिन्दु नारीहरुको महान पर्व तीज बजारमा नजिकिदैं छ । तीजसँगै नयाँ नयाँ गीतहरु पनि सार्वजनिक हुँदैछन्,बजारमा अधिकांश छाडा र अश्लिल गीतको बाढी आइरहेको समयमा सरकारका बहालवाला सचिवले नै तीजसँग सम्बन्धित गीत बजारमा ल्याएका छन् ।

बिज्ञापन

साहित्यिक र सांगीतिक बजारमा सियारा आचार्य उपनामले परिचित सुरेश आचार्यले तीज गीत “स्वामीजीले भन्छन्” बजारमा ल्याएका हुन । सार्वजनिक भएको एक दिनमै यो गीतलाई दर्शक तथा श्रोताहरुले अत्याधिक मन पराएको देखिएको छ । उक्त गीतका शब्द सुरेश आचार्यकै रहेको छ । राजेश थापाले संगीत भरेका छन् । गायिका सुनिता बुढा छेत्रीको सुमधुर स्वर रहेको छ। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र नरेश बिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन्। पुजा ठकुरीको निर्देशन,अनिल राईको कोरियोग्राफी रहेको उक्त भिडियोमा जुना कार्की,संजु आचार्य,सुरज लुइँटेलको अभिनय रहेको छ। करण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् ।

बिज्ञापन

निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् ।सेवाबाहिर रहँदा साहित्य सिर्जनामै व्यस्त रहने आचार्य जागिरपछि बचेको समयमा निरन्तर संगित क्षेत्रमा लाग्ने बताँउछन् ।सियराद्धारा रचित गीति एल्बम हाम्रो मौलिक शहर आज, गहिरो छ माया,तिम्रो प्रेरणाले,मुलुकले आज केही खोजिरहेछ, ‘रमाउँदै आयौ’ चुपचाप गीति एल्बमहरु बजारमा ल्याइसकेका छन् । यस्तै हाम्रो मौलिक शहर,न नजर थियो यहाँ न बहर थियो,गहिरो छ माया लगायत गरी एक दर्जन गीतहरु बजारमा ल्याइसकेका छन,आचार्यले ।

बिज्ञापन

पेशाले प्राविधिक अर्थात एरोनोटिकल इञ्जिनियर हुन सुरेश आचार्य । नेपालमा हवाई क्षेत्रको बिषयमा विज्ञ मानिन्छन्,उनी । सहसचिव हुँदा लामो समय पर्यटन मन्त्रालयमा बिताएका आचार्य सचिव भएपछि उक्त मन्त्रालयको जिम्मेवारी पाएनन् कहिले नेपाल ट्रष्ट,कहिले राष्ट्रिय सर्तकता केन्द्र हुँदै शहरी,खानेपानी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत रहेका उनी अहिले अहिले जल तथा उर्जा आयोगमा पुगेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

बिशेष