पदसोपान बमोजिम तलबमान निर्धारण गर्न कर्मचारी युनियनको माग

मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी गरेको र निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएमा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको मर्यादाक्रम एवं पदासोपान बमोजिम तलबमान निर्धारण गर्न नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति काठमान्डौंले माग गरेको छ।

बिज्ञापन

जिल्ला कार्यसमितिको बैठकले कुनै पनि तह र पदका कर्मचारीलाई अन्याय नहुने गरी सो फैसला कार्यान्वय गर्नु राज्यको कर्तव्य हो भन्दै तलबमान निर्धारणमा कसैमाथि भेदभाव नगर्न सरकारलाई अनुरोध गरेको छ । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति काठमांडौका अध्यक्ष टोपलाल अर्यालले भने ” सरकारले तिनै तहमा कार्यरत सबै पद र श्रेणीका कर्मचारीको पदासोपान् एवं मर्यादाक्रम बमोजिम तलबमान निर्धारण गर्ने विश्वास लिएका छौं। कुनै पनि कर्मचारीले आफूहरूमाथि अन्याय भएको महसुस हुने अवस्था आएमा आन्दोलन हुन सक्छ। त्यसतर्फ सरकारले ध्यान पुर्याउनु पर्दछ।”
बैठकका सहभागीहरुले पदसोपान एवं मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न र यथासिघ्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकार र सरोकारवाला निकायलाई दबाब दिनु पर्ने विचार राखेका थिए।

बिज्ञापन

कर्मचारी युनियन जिल्ला कार्यसमिति काठमान्डौंका जिल्ला सचिव प्रेम पौडेलका अनुसार आजको बैठकले सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम मर्यादाक्रम एवं पदसोपान बमोजिम तत्काल तलबमान निर्धारण गर्न सरकारसँग माग गर्ने तथा यसमा आवश्यक पहल गर्न युनियन केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने, कर्मचारी युनियनको नवौं महाधिवेशनको लागि सदस्यता वितरण गर्ने, स्थानीय र प्राथमिक कार्यसमिति गठन गर्ने लगायतका विभिन्न निर्णय गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

रहेनन् बरिष्ठ पत्रकार चालिसे

बिशेष