५९ सहसचिव सरुवा : अर्थबाट ६ ‘आउट’,८ को ‘इन्ट्री’,गृहका तीन बाहिरिँदा भित्रिए चार

मन्त्रिपरिषद्को बिहिबारको बैठकले एकै पटक ५९ सहसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार अर्थ मन्त्रालयमा ८ जना सहसचिवहरु भित्रिएका छन् । यस्तै ६ जना सहसचिवहरु अर्थबाट आउट भएका छन् । अर्थमा इन्ट्री पाएका सहसचिवहरुमा श्रम तथा रोजगार मन्त्रालयमा रहेका सहसचिव मदन दाहाल, महेश भट्टराई, श्याम भण्डारी, गोपीकृष्ण कोइराला, हरिशरण पुडासैनी,कविता रेग्मी, यमुना प्रधान, दिपक लामिछाने लगायत छन् । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, महालेखा नियन्त्रक कार्यालयका नारायणप्रसाद सापकोटा, भन्सार विभागका उपमहानिर्देशक रामकुमार महतो, नरेन्द्र रानामगर लगायत अर्थबाट आउट भएका सहसचिवहरु हुन ।

बिज्ञापन

यस्तै गृहमा चार जना सहसचिव भित्रदा तीन जना सहसचिव नै गृहबाट आउट भएका छन् । सहसचिव डा टोकराज पाण्डे, ऋषिराम तिवारी,कृष्ण प्रसाद लम्साल र रमेश ढकालले गृहमा प्रवेश पाउँदा भरत खनाल महावाणिज्यदूत बन्नका लागि परराष्ट्रमा पुगेका छन् । यस्तै गृहका प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्य,लक्ष्मी प्रसाद निरौला र विन्देश्वर प्रसाद लेखकलाई महावाणिज्यदूत नियुक्ति गर्ने गरी परराष्ट्र मन्त्रालयमा लगिएको छ । सूर्य बहादुर खत्रीलाई गृहमा श्रमतिर पुर्याइएको छ । यस्तै डा नारायण रेग्मी र रामकृष्ण लामिछाने पर्यटन मन्त्रालयमा पुगेका छन् भने निराजन घिमिरेलाई राष्ट्रपति कार्यालयमा लगिएको छ ।
राजश्व अनुसन्धान विभागको हाकिक चक्र बहादुर बुढालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा थन्काइएको छ । उक्त ठाउँमा लैजाने तयारी स्वरुप सामान्य प्रशासनबट सुमन दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ । प्रदिप कोइरालालाई श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लगिएको छ ।
यस्तै दिपक नेपाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लगिएको छ । माओवादी कालमा राजश्व अनुसन्धान विभाग र प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेका नवराज ढुंगाना र अर्जुन भण्डारी सुदूर पश्चिम प्रदेशतिर लखेटिएका छन् । अबको केही महिना पछि घर जाने तयारीमा रहेका भन्सार विभागका महानिर्देशक ढुण्डी निरौलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र वनबाट आन्तरिक राजश्व विभागमा पुगेका शिवराम पोखरेललाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयतिर पुर्याइएको छ ।
यस्तै उद्योगबाट चण्डी प्रसाद घिमिरे प्रम कार्यालयमा पुगेका छन् । उनलाई कुनै महत्वपूर्ण विभागको महानिर्देशक बनाइने चर्चा कर्मचारी वृत्तमा व्यापक छ । हालैमात्र सहसचिवमा उक्लिएकी कृष्णकुमारी श्रेष्ठलाई प्रम कार्यालय,यमलाल भुसाल,विनोद बहादुर कुँवरलाई प्रम कार्यालयमा लगिएको छ ।

बिज्ञापन

यस्तै रेणु दाहालको भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय चलाएर अर्थमा भित्रिएका नरेन्द्र कुमार रानालाई लोकसेवा आयोग,नारायण प्रसाद सापकोटालाई थोरै समयमा लखेटेर निर्वाचन आयोगतिर पुर्याइएको छ । भ्रष्टाचार मुद्धा पछि निलम्बनमा परेका ।रितेश कुमार शाक्य र टंक प्रसाद पाण्डेलाई सामान्यको अतिरिक्त समूहमा राखिएको छ भने भन्सार विभागबाट रामकुमार महतोलाई लोकसेवा आयोगमा लगिएको छ ।

यस्तै,बाबुराम गौतमलाई मुख्यमन्त्री का गण्डकी प्रदेशमा लगिँदा प्रदेशबाट हुमकला पाण्डेलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा ल्याइएको छ । लक्ष्मी प्रसाद भट्टराईलाई शिक्षा मन्त्रालय,निता पोखरेललाई निर्वाचन आयोगमा पुर्याइँदा महावाणिज्यदूत बन्ने लाइनमा रहेका नारायण प्रसाद भट्ट सर्तकता केन्द्रमा लगिएको छ । यस्तै पुश्कर न्यौपानेलाई कोशी प्रदेश प्रमुखको कार्यालय ,हेमराज तामाङलाई कोशी प्रदेश मुख्य मन्त्री कार्यालयमा लगिएको छ । पर्यटन विभागबाट रुद्र प्रसाद पण्डितलाई राष्ट्रिय योजना आयोगमा लगिएको छ भने सम्पत्ति शुद्धीकरणबाट कमल प्रसाद भट्टराईलाई राष्ट्रिय सुचना आयोगमा खटाइएको छ ।

बिज्ञापन

यस्तै महावाणिज्यदूतबाट इश्वर राज पौडललाई मुख्यमन्त्री कार्यालय वाग्मती प्रदेशमा लगिँदा सम्पत्ति शुद्धीकरणमा रहँदा बदमासीमा मुछिएका पुष्पराज शाहीलाई कर्णाली प्रदेशको मुख्य मन्त्री कार्यालयमा पठाइएको छ भने प्रकाश दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन, राजेश्वर ज्ञावलीलाई राष्ट्रिय योजना आयोग,रघुराम विष्टलाई मुख्य मन्त्री कार्यालय गण्डकी,ज्ञानहरि घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा खटाइएको छ सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।यस्तै चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन् ।ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।