सरकारले सहसचिव र सो भन्दा माथिल्ला तहका कर्मचारी, संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि सवारी साधन दिँदै आएको छ । तर यसरी दिइँदै आएको सवारीमा समेत कर्मचारीहरुको लुट छ । यस्तै लुट देख्न पाइन्छ जल तथा उर्जा आयोगमा । मापदण्ड अनुसार,सचिवले एक वटा सवारी साधन पाउँछन् तर उर्जा आयोगका एक सहसचिवले रोजी छाडी तीन/तीन वटा सरकारी सवारी उपयोग गर्दै आएका छन् । उनले छोरी, साली र सालोलाई आयोगमा जागिर समेत दिलाएका छन् ।
बिज्ञापन
यसरी राज्यको सम्पत्तिमा लुट मच्चाउने सहसचिव हुन् कलानिधि पौडेल । उनले जल तथा उर्जा आयोगको सचिवालयलाई आफन्तको भर्तिकेन्द्र बनाएका छन् भने ती आफन्तका नाममा ऐन/कानुन विपरित सवारी साधनदेखि इन्धन सुविधा समेत उपलव्ध गराउँदै आएको बताइन्छ । पौडेलले मापदण्ड विपरीत उनीहरुलाई समेत सवारी र इन्धन सुविधा दिलाइरहेको भेटिएको छ ।
बिज्ञापन
कानुन सेवा तर्फका सहसचिव हुन पौडेल, निजामती ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्षभित्र अनिवार्य सरुवा हुनुपर्दछ भन्दछ तर न्यायाधीश कुरेर बसेका उनी विगत चार बर्षदेखि सचिवालयमा बसेर सवारी साधनदेखि इन्धनसम्ममा चरम लुट मच्चाइरहेको छन्।
स्रोतका अनुसार उनले बा १ झ ९१२४ नम्बरको महिन्द्राको स्कारपिओ र बा १ झ ९२७० नम्बरको महिन्द्राकै अर्को स्कारपिओ उनले चढ्दै आएका छन् । सरकारी यो सवारीमा साला सालीको छोरा छोरीदेखि घरायसी प्रायोजनका लागि समेत प्रयोग गर्दै आएका छन् । यस्का अलवा बा १ झ ९४३४ नम्बरको गाडी समेत उनकै सेवामा तैनाथ रहन्छ । उनले सरकारी कार्यालयका सवारी साला सालीलाई चढ्न दिएर उल्टै साझा पेट्रोल पम्पबाट तेल भर्ने गरी तेलको कुपन समेत दिँदै आएको बताइन्छ । ९४४३ नम्बरको नीजि सवारी साधनमा समेत सरकारी कार्यालयबाट इन्धन दिलाउँदै आएका छन् । उक्त सवारी उनको सालोले प्रयोग गर्दै आएका छन् ।
बिज्ञापन
मन्त्रालयमा सबैभन्दा बढी गाडीको दुरुपयोग गर्ने कर्मचारी उनै हुन् । सचिव र मन्त्रीहरुलाई जी हजुर गर्ने उनी अरुलाई मान्छे गन्दैनन् । छोरी दीक्षा पौडेल सचिवको सचिवालयमा कम्प्युटर अपरेटरमा कार्यरत छिन् भने सालोको बूढीलाई अहिले कार्यालयमा चिया पकाउने जिम्मेवारी दिएर राखेका छन् । सालो लक्ष्मण भण्डारीलाई कम्युटर अपरेटरको जिम्मेवारी दिएर मन्त्रालयमा राखेका छन् तर कम्युटर अपरेटर भनिएको सालो लक्ष्मण भण्डारीलाई कम्युटरको क समेत चलाउन आउँदैन ।
यस्का अलवा पौडेलले ००२ बा ६६६४ नम्बरको गाडी समेत चढ्दै आएका छन् । बवरमहलमा बस्दै आएका उनले उक्त कार्यालयबाटै फेरि फेरि तीन तीन वटा सवारी चढ्दै आएको र ती सवारी साधनका नाममा इन्धन समेत निकाल्दै आएको भेटिएको छ । उनले आधिकारिक रुपमा डाइभर सुविधा नलिएर त्यसवापतको सुविधा समेत आफूले बुझ्दै आएको बताइन्छ । उनले आत्माराम नाम गरेका अर्का सरकारी सेवा निवृत्त कर्मचारीलाई समेत डाइभरमा राखेका छन् । उनको काम प्रायः घरमा तरकारी, सामान ल्याउने लाने मात्रै हो । यसका साथै पौडेलले केही महिना पहिले सालोको गाडीमा हालेर कार्यालयको करिब १०० केजी गोरखापत्र समेत घर लगेका बिषय परिसरमा सुनिन्छ ।