सहसचिवलाई कामू,सचिवलाई राजदूत

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ । हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो ।

बिज्ञापन

०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवका रुपमा रेकर्ड राख्ने कर्मचारी हुन । ८ महिना मन्त्रालयको सचिव चलाएपछि उनलाई राजदूतको जिम्मेवारी दिएर पठाउन लागेको हो । बेल्जियममा यस अघि सहसचिवको दरबन्दी रहेको छ अर्थात परराष्ट्र मन्त्रालय आफैंले तय गरेको मापदण्डलाई बेल्जियमलाई ख श्रेणीमा बर्गीकरण गरेको छ । परराष्ट्रका सचिवहरु प्रायजसो न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, बेलायत, क्यानडाजस्ता मुलुक राजदूत बनेर जाँदै आएका थिए तर यस पटक परराष्ट्र मन्त्रालय आफैंले बेल्जियमलाई ख श्रेणीमा बर्गीकरण गरेको मुलुमा राजदूत बनेर जान लम्साल राजी भएकी हुन । अहिले त्यहाँ सहसचिव गेहेन्द्र राजभण्डारी कार्यरत छन् । लम्साल आगामी बर्ष अर्थात २०८२ असारमा ५८ वर्ष उमेर हद लागेर अवकाशमा जानेछिन् ।पाकिस्तानमा राजदूत रहिसकेकी लम्साल ब्रसेल्सस्थित राष्ट्रसंघीय नियोग तथा इयुका लागि पनि राजदूतको जिम्मेवारीमा रहनेछिन् । यसअघिका सचिव भरतराज पौडेललाई भने क्यानाडा पठाइएको छ ।

बिज्ञापन

लम्साललाई राजदूत सिफारिस गरेर सँसदीय सुनुवाइ सकेपछि मन्त्रालयका वरिष्ठ सहसचिव अमृत राई कायम मुकायम सचिव हुनेछन् ।  उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सहसचिव हुन् ।  संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका थिए ।राईलाई ओलीले पहिला दक्षिण अफ्रिाकको राजदूत बनाएका थिए । त्यहाँबाट सिधै संयुक्त राष्ट्रसंघको स्थायी नियोग पठाएका थिए । राष्ट्रसंघबाट राई फर्केको एक वर्ष पनि भएको छैन । ओलीको साथबाट विभिन्न अवसर पाएका राई समयअघि नै सचिव हुने मौका पनि पाउन लागेका छन् ।

हिजोको क्याबिनेट बैठकले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको पनि सरुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष