‘श्रेणीविहिनदेखि मुख्यसचिवसम्मको पदसोपान,मर्यादाक्रम अनुसारको तलबमान’

निजामती कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपान बमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने बताएका छन् ।
पछिल्लो क्याविनेट बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य अगाडि बढाएको सम्बन्धमा उनले फ्रन्ट डेस्कमा काम गर्ने राजपत्रअनंकित कर्मचारीहरुको समेत तलब समायोजन गरिनुपर्ने बताएका हुन ।
सर्वोच्च अदालतले परमादेशको कार्यान्वयन हुँदा अधिकृतस्तरका सहसचिव,उपसचिव,शाखा अधिकृतसहितका १४ हजार कर्मचारीको मात्र तलब बढाइने र झण्डै ७० हजार कर्मचारीहरुको तलब पुनरावलोकन तथा समायोजन नहुने हो भने माथिल्लो र तल्लो तहमा तलवमानले ठूलो खाडल पर्ने र त्यसबाट कर्मचारीको कार्यसम्पादनमै असर पर्ने भएका कारण सबै तहका कर्मचारीहरुको तलब समायोजन हुनुपर्ने बताएका हुन ।
पद सोपानको विषयमा अधिकृतसम्मको अदालतले गरेको निर्णयमा हाम्रो लागि मान्य छ । मुख्य सचिवदेखि श्रेणीविहीनसम्म पदसोपान हुनुपर्छ । मर्यादाक्रम अनुसार तलबमान निर्धारण गर्न सरकारका नाममा सम्मानित सर्वोच्च अदालतबाट परमादेश जारी गरेको र निजामती सेवाका राजपत्राङ्कित कर्मचारीहरुको आधारभूत तलबमानलाई मर्यादाक्रममा तादम्यता कायम गर्दा यसले निजामती सेवाका अन्य श्रेणीका कर्मचारीहरुलाई समेत प्रभाव पर्ने भएको हुँदा सोको समेत यथोचित सुनुवाई र व्यवस्थापन गर्नुपर्ने विषय आदेशमा उल्लेख रहेको भन्दै सबै पद र श्रेणीको पदासोपान बमोजिम तलबमान निर्धारण गर्न निजामती कर्मचारी युनियनले आवाज उठाउँदै आएको बताउँछन्,कटवाल ।
समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेको हुँदा तलब समायोजन हुनुपर्ने उनको राय छ । भन्छन्,यदी तलब बृद्धि गर्न सकिँदैन भने भने श्रेणीविहीदेखि मुख्यससिचवसम्मको पदसोपान,मर्यादाक्रम अनुसार तलबमान हुनुपर्ने आफ्नो माग रहेको बताउँछन् ।
गत असार १० गते सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कर्मचारीको तलवमान बढाउन परमादेश गरेको थियो ।सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो ।
कटवालले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महङ्गीका आधारमा नेपालसँग समान आय भएका विश्वका अन्य देश र सार्क राष्ट्रहरूले प्रदान गर्ने सरहको तलब तथा सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा पनि ४० हजार बनाउनु पर्ने बताएका छन् ।
यस्तै नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति कर्मचारी मैत्री संघीय निजामती ऐन कर्मचारीको पक्षमा आउनुपर्छ जसरी पनि आउनुपर्छ कर्मचारीहरूका माग श्रेणीविहीनदेखि मुख्य सचिवसम्मका माग र मुद्दा विशेषगरी नासु, खरदारका कुराहरू श्रेणीविहीन कर्मचारीहरूका विषयमा सरकार गम्भीर नभएको पाइएको बताउँछन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष