शाखा अधिकृतसहित सात भ्रष्टाचारी ठहर

हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । विशेष अदालतले बुधबार उनीहरुलाई सजाय समेत सुनाएको छ । चंखेलीको वडा नं. ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको भेटिएको थियो । यसमा प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइञ्जिनियर हर्कधन बुढालाई प्रतिवादी बनाइएको थियो ।

बिज्ञापन

उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० फागुन ०८० मा मुद्दा दायर गर्दा यसमा वडा नं ३ का अध्यक्ष शालिग्राम ऐडीसमेत प्रतिवादी कायम गरिएका थिए । आर्थिक वर्ष ०७४/७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी भुक्तानी गरिएको भेटिएको थियो।

बिज्ञापन

यस क्रममा ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको थियो । यसमा प्रतिवादी बनाइएका सबैलाई जनही ३–३ महिना कैद सजाय तथा जनही एक लाख ७० हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ । भ्रष्टाचार गरेको रकम समेत उनीहरुबाट असुल गर्न विशेषले भनेको छ। न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष