नेपाल आयल निगममा चण्डी भट्ट हाकिम भएर गएपछि एकै पटक ६ डिपो प्रमुखसहित २१ जना कर्मचारीहरु सरुवा गरिएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले पाँचौदेखि ११ औं तहसम्मका कर्मचारीहरुको सरुवा गरेका हुन । जसमा पाँचौं तहका तीन,छैंटौं तहका ४,सातौं तहका चार जना,आठौं तहका ३ र नवौं तहका २ कर्मचारी सरुवा भएका छन् । यस्तै दशौ र ११ औं तहका कर्मचारीहरु सरुवा हुँदा भट्टले आफू निकटका कर्मचारीलाई कमाउ हुने कार्यालय प्रमुखको जिम्मेवारी दिएर खटाएका हुन ।
बिज्ञापन
अरबौको बार्षिक बजेट संचालन गर्ने निगमको नेतृत्वमा चण्डी दोहोरिएर गएका भट्टले मातहतका डिपो प्रमुखहरु परिवर्तन गर्दा भट्टले आफ्नो सर्कलका कर्मचारीलाई डिपो प्रमुख बनाएर खटाएका हुन । बूढानिलकण्ठ दरबारको जोडबलमा आयल निगमको हाकिमको कुर्सीमा पुगेका उनले मालादर अर्थात कमाउ हुने कार्यालयका प्रमुखमा आफ्ना ग्रिपका कर्मचारीहरुलाई हाकिम बनाएर पठाएका हुन ।
बिज्ञापन
सरुवाको सूची अनुसार,कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा प्रबन्धक दीपक घिमिरेलाई पठाइएको छ । घिमिरे भट्ट निकटका कर्मचारीका रुपमा चिनिन्छन। यस्तै सबैभन्दा ठूलो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशकमा भट्ट निकटका प्रलयंकर आचार्यलाई पठाएको छ । हाल उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा कार्यरत छन् ।
यस्तै अमलेखगन्ज डिपो प्रमुखको जिम्मेवारीमा रहेका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभागमा ल्याइएको छ । यस्तै हाल इन्जिनियरिङ विभाग प्रमुख रहेका सुरज साहलाई भने आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग पठाइएको छ । गण्डकी प्रादेशिक कार्यालय, पोखरामा उपनिर्देशक रामकुमार न्यौपानेको सरुवा भएको छ । त्यहाँ कार्यरत अभिषेक ठाकुरलाई इन्जिनियरिङ विभागमा खटाइएको छ ।
बिज्ञापन
यस्तै नेपालगन्जको इन्धन डिपोमा प्रबन्धक मनोहर डिसी र हवाई इन्धन कार्यालयमा सहायक प्रबन्धक मोहनविक्रम खड्कालाई पठाइएको छ । झापाको चारआलीस्थित शाखा कार्यालय प्रमुखमा गीता सापकोटा धिताललाई पठाइएको छ । झापाको भद्रपुर विमानस्थलस्थित हवाई इन्धन कार्यालय प्रमुखमा दुईवर्षे कार्यकाल पूरा गरेका कपिलदेव भट्टलाई केन्द्रीय कार्यालय तानेर त्यहाँ सन्दीप रिमाललाई पठाइएको छ ।
भट्टले ६ महिना नेतृत्व गर्दाको समयको पूँजीगत खर्च निराशजनक हुनुले समेत उनको कार्यक्षमतामाथि प्रश्न चिन्ह उठेको छ । गत आव निगमले पुँजीगततर्फ पाँच अर्ब २३ करोड ९८ लाख विनियोजन गरेकोमा कूल २२ दशमलव ४७ प्रतिशत अर्थात एक अर्ब १६ करोड १३ लाखमात्रै पूँजीगत खर्च भएको भेटिएको छ । भट्टको असक्षमताको अर्को उदाहरण हो । सरकारी स्रोत साधन र सम्पत्तिमा भट्टले कुन हदसम्म लोभ गर्दथे भन्ने एउटा उदाहरण जान्नका लागि उनी सेजका हाकिमबाट हट्दा सरकारी गाडी फिर्ता नगरेबाट पनि प्रष्ट हुन्छ । भट्टले २०७२ असोज ६ गते ४ वर्षका लागि नियुक्त निर्देशक भट्टको २०७६ असोज ६ गते कार्यकाल सकिएको थियो तर कार्यकाल सकिँदा समेत सेजको बा २ झ नम्बर १९४४ नम्बरको गाडी फिर्ता नगरेपछि सेजले पत्रै काटेर गाडी फिर्ता मागिएको छ ।
खानी तथा भूगर्भ विभागका केमिकल इञ्जिनियरका रुपमा सरकारी जागिर खाएका उनले आफ्नो दरबन्दी भएको ठाउँमा बसेर कहिले काम गरेनन् ।