१४ उपसचिवको सरुवा,तीनको गृहमा इन्ट्री

सरकारले १४ उपसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,तीन जना उपसचिव गृहमा पुगेका छन् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,राष्ट्रिय महिला आयोग,स्वास्थ्य तथा जनसङ्ख्या,रक्षा मन्त्रालयका केही उपसचिवहरु यता उता पारिदा सामान्यको अतिरिक्त समूहमा रहेका  कर्मचारीहरुले जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेकाछन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहाललाई विद्युतीय सुशासन आयोगमा लगिएको छ ।

बिज्ञापन

यस्तै सामान्यमा रहेका उपसचिवहरु रविन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खटाइएको छ भने रामहरी पाण्डेलाई राष्ट्रिय योजना आयोग र छविलाल पौडेलको गृह मन्त्रालयमा खटाइएको छ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव सुरेश राज जोशी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्ण प्रसाद चापागाईँ पनि गृहमा भित्रिएका छन् ।

सरुवाको सूची अनुसार,राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुर्याइदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राज भुसाल राष्ट्रिय महिला आयोगमा पठाइएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका फणिन्द्र प्रसाद पौडेललाई रक्षा मन्त्रालय, सामान्यबाटै हरि पंगेनी  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पुगेका छन् भने वन तथा वातावरण मन्त्रालयकी रत्नेश शशि  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खटाइँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्मा  रक्षा मन्त्रालयमा पुगेकी छिन भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ईश्वरी प्रसाद ढकाललाई  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेनजी पुस्तासँग एक दिन

गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा

गभर्नर नियुक्तिमा ओली र देउवाबीच मिल्यो कुरा : आजै सिफारिस, साँझ नियुक्तिको तयारी

देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

कमल भट्टराईको एक्सनमा बैदेशिक रोजगार विभागको मुहार फेरिँदै

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

बिशेष