मन्त्रिपरिषद बैठक बस्दै, ७० बढी सहसचिवको सरुवा गर्ने तयारी

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यो नियमित बैठक हो ।

बिज्ञापन

बैठकमा समसामयिक विषयका साथै केही कर्मचारीहरुको सरुवा हुने प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ । सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवाको प्रस्ताव लैजाने तयारी गरिरहेको बुझिएको छ । अवधि पुगेका, ठूला र आकर्षक मानिएका अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीमा रहेका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

विभिन्न विभागका डिजी, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसहित गरी एकै लटमा ७० भन्दा बढी सहसचिवहरु सरुवा हुन सक्ने आँकलन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

बिशेष