दुई वटा डुंगामा खुट्टा :-बालुवाटार-वूढानिलकण्ठ पालैपालो

बालकोट पनि बूढानिलकण्ठ पनि दुबैतिर धाउँदा एक पूर्व सचिवको मुखैमा आएको भाग खोसिएको थियो । उही ढङ्गले अर्काे सहसचिवको समेत समेत एउटा खुट्टा दुइवटै नाउ (डुंगा)मा टेकेको गुनासो अहिले अर्थमन्त्रीसम्म पुगेको छ । एमाले निकट कर्मचारीहरुले अर्थ मातहतको महत्वपूर्ण विभागको महानिर्देशक बन्ने लाइनमा रहेका सहसचिवले एकै पटक वालुवाटार र वूढानिलकण्ठमा समान्तार दौड जारी राखेको भन्दै मन्त्रीको कान फुक्न भ्याएका छन् ।

बिज्ञापन

टंकमणि शर्मा घर गएपछि रिक्त रहेको महालेखापरीक्षकमा कन्फर्म ल्याइने तयारी थियो शिशिर कुमार ढुङ्गना तर अन्तिममा उनको नाममा टिपेक्स लाग्यो र कालान्तरमा तोयम रायाले बाजी मारे । शिशिरले महालेखा परीक्षक नियुक्तिका लागि केपी ओली निवास बालकोट र बूढानिलकण्ठमा समानान्तर रुपमा दौड बढाएको थाहा पाएपछि कालान्तरका उनको नाम काटिएको एमाले निकटका प्रशासकहरु सुनाउँछन् । सरकारले महालेखापरीक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि इच्छुक उमेद्धारसँग निवेदन आह्वान गरेको थियो । फाराम भरेका १६ जनामध्ये राय पनि एक हुन् । दौडमा पूर्व अर्थसचिव शिशिर ढुंगाना अग्रपक्तिंमा थिए । परिषद्को बैठक अघिसम्म बालकोटको हिट लिष्टमा ढुंगाना रहेको चर्चामा रहेको थियो । तर,रायको नाममा केपी ओली अडिएपछि राजनीतिक स्रोतले बालुवाटार,बूढानीलकण्ठ र बालकोट सबैलाई मिलाउन उनी सफल भएको अर्थ लगायो ।

बिज्ञापन

बैठकमा सहर्ष महालेखापरीक्षकमा राया चयन हुनुलाई प्रशासन र राजनीतिक दुवै क्षेत्रमा सुखद आश्चर्यको रुपमा लिइएको थियो,उक्त समयमा ।  बालकोट निकट एक जना पूर्व सचिवले टिप्पणी गर्दै त्यतिबेला कर्मचारी प्रेससँग भनेका थिए ‘शिशिरजी क्याम्प छाडेर हिँडेकाले पछाडि पर्नुभयो । बालकोटले उहाँले दुई वटा डुंगामा खुट्टा हालेको सुईंको पाएपछि निर्णय यु टर्न भएको हो ।’ बालकोटले निकै भरोसा गर्दै आएको अवस्थामा उनी अर्थमन्त्री वर्षमान पुनसँग नजिकिएपछि निर्णय रायको पोल्टामा परेको बताउनेहरु पनि छन् । शिशिर जनसम्पर्क निकै राम्रै भएका प्रशासकमध्येमा पर्छन् । उनले गत वर्ष लोकसेवा आयोगमा पनि आस गरेका थिए । राय र ढुंगानाबारे चर्चा गर्दै उनै प्रशासकले भने, ‘राय शान्त खालका देखिन्छन् भने ढुंगाना अलि एक्टिभ हुन् । दुवै अर्थमै थिए । राय अख्तियारमा पनि बसे । शिशिर यसपटक चाहिँ निकै आशावादी देखिन्थे ।’तर अन्तिममा उनको नाम काटियो र रायाले महालेखापरीक्षकमा बाजी मारे ।

अहिले पनि सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादीका कोटाबाट डिजी खान गएकाहरु फालिदैंछन् र ती ठाउँमा पठाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा सहसचिवको खोजी हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका दुईसचिव हेरफेर गरिसकेका छन् राजश्व र अर्थ सचिवमा घिमिरेद्धय दिनेश र रामप्रसादलाई जिम्मेवारी दिएसँगै अब उनको ध्यान सहसचिवहरुको सरुवामा केन्द्रित छ ।

बिज्ञापन

जसमा भन्सार र आन्तरिक राजश्व,साना तथा ठूला करदाता कार्यालयका हाकिमहरु परिवर्तन गर्ने तरखर चल्दैछ । उनीहरुलाई हटाएर ती ठाउँमा एमाले निकटका कर्मचारी पठाउने तयारी भइरहेको छ । अर्थका अनुसार सुमन दाहाललाई राजश्व अनुसन्धान विभाग,धनिराम शर्मालाई आन्तरिक राजश्व अनुसन्धान विभागको डिजी बनाइने तयारी चल्दैछ । यस्तै दीर्घ मैनालीले भन्सार विभाग जानेगरी चाँजोपाँचो मिलाइसकेका छन् । निजामती वृत्तमा दीर्घ यस्ता कर्मचारी हुन जो ठूला कार्यालयमा बस्न नपाए छटपटीमै पर्ने हाकिममा पर्दछन् । यस अघि राजश्व अनुसन्धान विभाग,आन्तरिक राजश्व विभागको नेतृत्व गरिसकेका मैनाली भन्सारमा जानेगरी चाँजोपाँचो मिलाइसकेको स्रोतको दावा छ । तर दीर्घले समानान्तर रुपमा बालुवाटार र बूढानिलकण्ठ धाएको गुनासो एमाले निकट कर्मचारीहरुले अर्थमन्त्रीको कानमा फुक्न भ्याएका छन् । एमालेका कर्मचारीहरुले दीर्घ केही अघिमात्र बूढानिलकण्ठ पुगेर आरजु राणासँग भेट गरेर फर्किएको सूचना कलेक्सन गरिसकेका छन् । भन्सारको डिजी खानकै लागि आरजुको दैलोमा उनी पुगेको चर्चा चल्दैछ । अर्थ मन्त्रालय स्रोतका अनुसार उनको नाम काटिएको खण्डमा त्यहाँ श्याम भण्डारीले नियुक्ति खाने प्रवल सम्भवना छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष