मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षाैदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात कार्यालयमा मात्र जागिर खाने गरेको देखिन्छ ।
यस्को कारण के होला ? कारण स्पष्ट छ,त्यहाँ हुने आर्थिक चलखेल ।
बिज्ञापन
भन्सार,मालपोतमा झैं मानिदैं आएको यातायात कार्यालयलाई । पछिल्लो समय यातायातका कार्यालयबाट जारी भएका नक्कली लाइसेन्स प्रकरणमा सिआइबीले छानबिन अगाडि बढाएर केही कर्मचारी र विचौलियाहरु नै पक्राउ गरिरहेको अबस्था छ । काठमाडौं उपत्याकाभित्र ८ वटा यातायात कार्यालयहरु थिए । गुर्जुधारा,सानाठूला एकान्तकुना,ठूूलो भ¥याङ्ग,राधेराधे,जगाते । यी कार्यालयमा लामो समयदेखि एउटै हाकिम सेवारत छन् । यही कार्यालयमा परिक्रमा गरेर कतिपय यातायातका कर्मचारीहरुले जागिर खाइरहेका छन् ।
बिज्ञापन
यही बीचमा एक जना सचिवका नातेदारलाई व्यवस्थापन गर्न अघिल्लो बर्ष कार्यालय स्थापना भयो काभ्रेमा । कार्यालय त खडा भयो तर कर्मचारी अभावमा उक्त कार्यालयको काम अगाडि बढ्न सकेको छैन । बागमती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यालयमा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) नखटाउँदा प्राविधिक काम शुरु हुन नसकेको कार्यालयले जनाएको छ । उक्त कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, तथा भक्तपुरका केही क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नेछन् । बनेपामा कार्यालय स्थापनापछि मध्यपहाडी क्षेत्रका सेवाग्राहीलाई सहज बन्दै गएको भनिए पनि कर्मचारी नखटाइँदा सेवा प्रवाह प्रभावकारी बन्न सकेको छैन ।
भन्सार,मालपोतमा झैं मानिदैं आएको यातायात कार्यालयलाई । पछिल्लो समय यातायातका कार्यालयबाट जारी भएका नक्कली लाइसेन्स प्रकरणमा सिआइबीले छानबिन अगाडि बढाएर केही कर्मचारी र विचौलियाहरु नै पक्राउ गरिरहेको अबस्था छ । यता अझैं पनि काठमाडौं उपत्याकाभित्रैका कार्यालयमा दलालहरु अगाडि सारेर नक्कली लाइसेन्स बनाइने खेलोमेला जारी छ । कर्मचारी प्रेसको सम्पर्कमा आएका सेवाग्राहीका अनुसार १५ हजार रुपैंया दिए ट्रायलमा फेल भए पनि पास गराइदिने आश्वासन दिएको छन्,त्यहाँका विचौलियाहरुले । एका केही सेवाग्राहीले राधेराधेका केही विचौलियाहरुले १५ हजार रुपैंया लिएर नक्कली लाइसेन्स बनाउने खेलोमेला जारी राखेका छन् । यही खेलोमेलोमा परेर अहिले १५ सयभन्दा बढीले नक्कली लाइसेन्स फिर्ता गरिरहँदा यस्तो धन्दा अहिले पनि जारी छ,भक्तपुरतिर ।
निजामती सेवा ऐन ०४९ को परिच्छेद ४ दफा १८ र नियमवाली २०५० को परिच्छेद ६ नियम ३६ मा कम्तिमा डेढ दुई बर्षमा सरुवा गर्ने प्रावधान छ । तर यातायात कार्यालयका ८० प्रतिशतभन्दा बढी कर्मचारीहरु आजिवन यातायातमै घुमिरहेका भेटिन्छन् । संयोगवश,अन्यन्त्र सरुवा भए पनि मालपोत,श्रम,अध्यामगनतिर दुई चार बर्ष चरेपछि पुन यातायातमै फर्कन्छन । जस्तो जस्का कारण अख्तियारमा परेका कतिपय यातायातका मुद्धा निस्क्रिय पारिएको उदाहरण भेटिएको छ । जस्तो केही अघि राधेराधे यातायात कार्यालयमा भएको नक्कली परीक्षार्थीको मुद्धा अख्तियारले छानबिनै नगरी तामेलीमा हालिदियो ।
बिज्ञापन
कतिपय मुद्धा सक्रिय र निस्क्रिय पार्ने खेलोमा अख्तियारकै कर्मचारी लागिरहेको बताइन्छ । यस्तै यातायातका रैथाने कर्मचारीहरु साना ठूलामा इञ्जिनियर मोहन यादव –आठौं,विष्णु श्रेष्ठ –कास),द्रोण कटवाल छैटौं,कृष्ण चुडाल (छैटौंं),कविन्द्र थापा –इञ्जिनियर),खड्क वम –इञ्जिनियर)ध्रुव फुँयाल (सातौं),रमेश श्रेष्ठ (आठौं) यी प्रत्येकको काठमाडौंमा एक दुई वटा घर र घडेरी छन् ।
गुर्जुधारामा ०७४ सालदेखि स्टोर किपरका रुपमा गिरीबहादुर विष्ट कार्यरत छन् । उनीसँग मिलेर स्टोरमा उनले ठूलो अनियमितता गरेका छन् । यातायातमा राज गर्नेमा अधिकांश संसद सेवाबाट आएका कर्मचारीहरु छन् । गुर्जुधारा यातायातमा आजिवन जागिर खाने रैथाने कर्मचारीहरु यस प्रकार छन्,कम्युटर अपरेटर निर्मला खनाल १९ बर्ष,कास डिल्ली सापकोटा १३ बर्ष र गिरी विष्ट ।
त्यस्तै विष्णु भट्टराई चाबहिल यातायातमा प्रमुख हुँदा दक्षिण ढोकाको ट्रायल सेन्टरबाट बदमासी गरेको त्यहीका कर्मचारीहरु बताउँछन् । राधेराधेमा दण्डबहादुर हाकिमको बस्नेतवाद जारी छ । साना ठूलामा २० बर्ष नाघेका टयाक्सीलाई पाँचदेखि सात लाख सम्म घुस लिइ नयाँ नम्बर प्रदान गर्ने काममा कर्मचारीहरु संग्लग्न रहेको उजुरी टंगालमा पुगेको छ ।