धरानका मेयर हर्क साम्पाङविरुद्ध ‘अराजक’ बने स्थानीयबासी

इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध स्थानीयबासीहरू अराजक बनेका छन् । बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयबासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडकोसमेत प्रयास गरेका थिए ।

बिज्ञापन

धरान खोनपानी व्यवस्थापन बोर्डले खानेपानीमा नौ हजार नौ सय प्रतिशतसम्म महसुल वृद्धि गरिएको भन्दै स्थानीयबासीहरू साउन ११ यता आन्दोलनरत छन् । आफूहरूको माग सम्बोधन नभएको भन्दै मेयर साम्पाङविरुद्ध धराने जनता बिहीबार अराजक बनेका हुन् ।

बिज्ञापन

मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ ।

मनोमानी शुल्क बढाएको विरोधमा दलहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम राखिएको थियो ।

बिज्ञापन

उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला खोलेका थिए । राजनीतिक दलहरूले अदालतको आदेशको सम्मान गर्दै ताला खोल्ने निर्णय गरिएको जनाएका छन् । तर, मूल्यवृद्धिको निर्णय फिर्ता हुनुपर्ने उनीहरूको अडान छ ।

खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगरको मातहतमा छ । बोर्डको अध्यक्ष मेयर रहने प्रावधान राखिएको छ । एडीबीको ऋण तिर्न पैसा नभएको र बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर साम्पाङले विभिन्न शुल्क ह्वात्तै बढाएका छन् ।

किन भयो आन्दोलन ?
धरानमा आन्दोलन चर्किनुको कारण खानेपानी महशुल वृद्धि हो । मेयर साम्पाङ अध्यक्ष रहेको खानेपानी व्यवस्थापन बोर्डले साउनदेखि  खानेपानीको महशुल अत्यधिक वृद्धि गरेको थियो ।

उक्त महशुल वृद्धिविरुद्ध मेयर साम्पाङविरुद्ध १० दलहरूले आन्दोलन शुरु गरेका हुन् । बोर्डलले पाइप जडानमा ८ हजार रुपैयाासम्म र नयाँ धारा जडानमा ७५ हजार रुपैयाँसम्म महशुल वृद्धि गरेको छ ।

आधा इन्चको पाइप जडानको शुल्क १५ हजारबाट २० हजार, ४–३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार, १ इन्चको पाइपको शुल्क १५ हजारबाट ५० हजार, १ देखि डेढ इन्च पाइपको धारा जडान शुल्क २० हजारबाट ७५ हजार, २ इन्चको पाइप जडान शुल्क २५ हजारबाट एक लाख रुपैयाँसम्म उपमहानगरपालिकाले पुर्‍याएको छ ।

मेयर साम्पाङको यसै निर्णय विरुद्ध धरान अशान्त भएको हो । उनले स्थानीय निर्वाचनको उम्मेदवार बन्दा प्रमुख एजेण्डा नै खानेपानी बनाएका थिए । धरानलाई नि:शुल्क खानेपानी पिलाउनुपर्छ भनी चुनाव लडेका उनले महशुल अत्यधिक बढाएपछि उनीविरुद्ध आन्दोलन चर्किएको हो । मेयर साम्पाङ शुल्कवृद्धिबारे पुनर्विचार गर्न तयार नभएपछि आन्दोलन झनै चर्किँदै गएको छ ।

यद्यपि, मेयर साम्पाङले भने एशियाली विकास बैंकको २ अर्ब १६ करोड रुपैयाँ ऋण तिर्न खानेपानीको महशुल वृद्धि गरिएको बताएका छन् । एडीबीबाट ल्याइएको ऋण तिर्नका लागि महशुल वृद्धि गर्न बाध्य भएको उनले बताएका छन् ।

२०६८ असोज २४ गते राजनीतिक दलहरू मिलेर एडीबीबाट खानेपानीका लागि ऋण लिने निर्णय गरेको र उक्त रकम हिनामिना गरिएको आशंका गर्दै तिनै दलहरूले आन्दोलन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष