कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् ।

बिज्ञापन

कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। ३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले जानकारी दिए।

बिज्ञापन

यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

यसैगरी कैलालीका ९ वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, गोदावरी, गौरीगंगा, घोडाघोडी नगरपालिका, जानकी, कैलारी र बर्दगोरिया गाउँपालिकाले आज बिदा दिएका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुनेको शासन, भोगेको प्रशासन

‘राजदूत कोठा’बाट बल्ल बाहिरिए अर्काे महामहिम

सुशीला कार्कीको ‘कुशासन’ : पीएलाई तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति

बहुराष्ट्रिय कम्पनीका ख्याति चोर्ने दाउमा दर्जन नेपाली कम्पनी,सरकारले दियो साताको अल्टिमेटम

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

बिशेष