खाद्यको हाकिम खान १८ भाइको प्रतिष्प्रर्धा,झापाली र धादिङ्गे प्रवल दावेदार

उद्योग मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिइओ बन्नका लागि १८ भाइले इच्छा जाहेर गरेका छन् । यस अघिका खाद्य संस्थान कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त कुर्सीमा पुग्नका लागि १८ जनाको प्रतिष्प्रर्धा चलिरहेको छ । २०८१ बैशाख ५ देखि खाद्यमा सीईओ पद रिक्त छ । असार १७ गतेदेखि सीईओ छान्ने प्रक्रिया सुरुभएको भए पनि अझैं नियुक्ति हुन सकेको छैन ।

बिज्ञापन

कम्पनीले गत वैशाख ५ मै सूचना निकालेर प्रमुख कार्यकारी अधिकृत माग गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम सिइओका लागि आवेदन माग गरिएको २१ दिनभित्रमा काठमाडौँका विष्णु बाबु मिश्र, भूपेन्द्र प्रसाद अर्याल, यशोदा कार्की र गोपाल घिमिरेका साथैं गुल्मीका भीम बहादुर थापा, तनहुँका डिल्लीराज लम्साल, झापाका कवि प्रसाद पाठक, सिन्धुपाल्चोकका बालकृष्ण बस्नेत, भोजपुरका सञ्जीव रोकाया, ललितपुरका शर्मिला न्यौपाने, भक्तपुरका गोपीकृष्ण न्यौपाने पनि आकाङ्क्षीको सूचीमा छन् । यस्तै धादिङका रमेश आचार्य, बाजुराका छत्र बहादुर कटुवाल, धनुषाका रामदेव यादव, धनकुटाका कुलप्रसाद राई, स्याङ्जाका जीवनारायण काफ्लेले पनि आवेदन दिएका छन् । दरखास्त दिनेहरूमा कञ्चनपुरका श्यामदत्त भट्ट र नरेन्द्र बहादुर बोहरा पनि रहेका छन् ।

बिज्ञापन

छनौट समितिका संयोजकको जिम्मेवारीमा आपूर्ति तथा वाणिज्य सचिव रहेका छन् । छनौटको लागि मन्त्रालयले जारी गरेको निर्देशिकामा एक अतिरिक्त शैक्षिक योग्यताको लागि ६ अङ्क, ७ वर्षभन्दा बढी अनुभवको लागि प्रत्येक वर्षको लागि २ अङ्कको दरले १४ अङ्क पाउने व्यवस्था गरिएको छ । व्यावसायिक कार्य योजना मूल्याङ्कनका लागि २० अङ्क, प्रस्तुतीकरणको लागि ३० अङ्क र अन्तर्वार्ताको लागि २० अङ्क तोकिएको छ ।यी १८ जनामध्ये झापाका कविप्रसाद पाठक प्रवल दावेदार हुन भनिदैंछ । पछिल्ला राजदूत नियुक्ति,राजनीतिक नियुक्तिहरुमा झापाली नै अवसर पाएका कारण यहाँ पनि झापालीले नै अवसर पाउने एकाथरी उद्योगका कर्मचारीहरुको टिप्पणी सुन्न पाइन्छ । यस्तै धादिङका रमेश आचार्य खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ सीईओ बन्ने दौडमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।