वंगलादेशको घटना र नेपाल

वंगलादेशमा विद्यार्थी द्वारा गरिएको आरक्षण विरोधी गतिविधिलाई हिंसात्मक तवरले दवाउन खोज्दा सृजना भएको घटनाले अहिले वंगलादेश चर्चित छ। वंगलादेश स्वतन्त्र भए पछि १९७१ मा प्रधानमन्त्री भएका शेख मुजिवर रहमानकी छोरी शेख हसिना वाजेद नै हाल सो देशकी कार्यकारी प्रमुख थिईन। यसै वर्षको जनवरीमा भएको निर्वाचनमा उनको पार्टीले वहुमत ल्याएका कारण उनी लगातार तेश्रो पटक प्रधानमन्त्री भएकी थिईन र यो भन्दा अगाडि समेतको अवधि हेर्ने हो भने उनी करीव २ दशक वंगलादेशको कार्यकारी प्रमुखमा रहेको पाईन्छ। करीव नेपाल जत्तिकै भूगोलमा समेटिएको वंगलादेशमा नेपालको भन्दा करीव ६ गुणा बढी जनसंख्या रहेको छ। प्रति व्यक्ति आयका हिसावले नेपालीको भन्दा करीव ७ गुणा बढी छ बंगलादेशी नागरिकको आम्दानी।

बिज्ञापन

यति हुदा हुदै पनि वंगलादेशमा वेरोजगारको संख्या बढी छ। किनभने यहांका रोजगारीका अवसरहरूलाई बढ्दो जनसंख्याले उछिनेको छ। यहां उच्च शिक्षा हांसिल गरे पनि रोजगारीको टुंगो छैन। किनभने वंगलादेशको सरकारी क्षेत्रको रोजगारीमा करीव ५६% सिटहरू आरक्षण गरिएका छन्। यसरी आरक्षण गरिएका स्थानहरूमा करीब ३७% सिट वंगलादेशको स्वतन्त्रताको लागि भएको आन्दोलनमा सहादत गर्ने सहीदका परिवारलाई छुट्याईएको छ र बांकि पिछडिएका र अल्प संख्यक जातीलाई छुट्याईएको छ। यसरी सरकारी क्षेत्रमा रिक्त रहेको क्षेत्रमा आरक्षणको धेरै भाग छुट्याई खुला प्रतिस्पर्धालाई सीमित गरिएको विरोधमा उच्च तहमा अध्ययनरत विद्यार्थीहरूबाट गरिएको यो आन्दोलनले उग्र रूप लिदा ठूलो धनजनको क्षति भएको छ र सरकार प्रमुख सत्ता छोडेर भाग्नु परेको अवस्था छ, संसद भंग भएको छ, शान्ति सुरक्षामा खटिनु पर्ने प्रहरी स्वयं हड्तालमा उत्रिएको छ,सेनाले सत्ता हातमा लिएको छ, प्रजातन्त्र धरापमा परेको छ, सर्व पक्षीय सरकार गठन गर्न सेनाले राखेको प्रस्ताव आन्दोलनकारीले अस्वीकार गरेका छन्। आन्दोलनकारीहरूले नोवेल पुरस्कार विजेता मो. युनूसलाई अन्तरिम सरकारको समन्वय गर्न माग गरेका छन् र यस विषयमा मो. युनूस पनि सकारात्मक रहेको बुझिएको छ।

बिज्ञापन

यो घटनाबाट अहिलेको नेपालले केही पाठ सिक्नु परेको छ। हुन त दक्षिण एशियामा घट्ने घटनाहरूले नेपालमा प्रत्यक्ष परोक्ष रूपमा अशर गर्छन् नै। पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई मृत्यु दण्ड दिएको घटनाले नेपालमा जनमत संग्रह भएको घटना स्मरणीय छ, त्यसै गरी श्री लंकामा भएको वैदेशिक ऋणका कारणले जनताले सरकार प्रमुखलाई पदच्यूत गराएको घटनाले नेपाल सतर्क भएको विषय करीव ताजै छ। त्यसैले हाम्रो छिमेकमा हुने गरेका घटनाको अशर नेपालमा पनि पर्न सक्ने विषय हाल वंगलादेशमा भएको घटनाले झस्काएको छ। वंगलादेशका नागरिकहरू नेपालको सीमानामा देखिन थालेका समाचारहरू आएका छन्, हाम्रो सरकारले पनि पूर्वी नाकाहरूमा चेकजाच कडा पार्दै लगेको पनि सुनिदै छ। यस्ता सामान्य घटनाहरूका बाबजूद सरकार स्वयंले पनि यो घटनाबाट सिक्नु पर्ने पाठहरू पनि धेरै छन्।

ती मध्ये सरकार मैले मात्रै चलाउन सक्छु भन्ने शेख हसिना वाजेदको जस्तो घमण्ड, आन्दोलनकारीहरुलाई पेलेरै लैजान सकिन्छ भन्ने मानसिकता, मुलुकलाई सदैव आरक्षणमा राखी रहने सोच, पिछडिएका जाती जनजातीलाई आरक्षणमा राखेर प्रतिस्पर्धालाई खुम्च्याउने प्रवृत्ति, आरक्षणका नाममा आफ्ना पकेटका मान्छेलाई मात्र राहत दिने सोच जस्ता अवधारणाबाट अगाडि बढ्ने हो भने हाम्रा सरकार प्रमुखमा विगतमा रहेका र हाल रही रहेका सरकार प्रमुखको नियति पनि शेख हसिना वाजेद वा कुमारातंगाकै जस्तो नहोला भन्न सकिदैन। त्यसैले बुद्धीमत्ता पूर्वक सरकार सन्चालन गर्छु भन्ने सरकार प्रमुखले विश्वमा र खासगरी छिमेकमा घट्ने घटनाहरूबाट पाठ सिक्न जरूरी हुन्छ। राजनीतिक भन्दा पृथक पक्षबाट भएको सामान्य गतिविधिलाई समय मै नियन्त्रण गर्न नसक्नेहरू राजनीतिक घटनाहरूबाट सृजना हुने कृयाकलापलाई नियन्त्रण गर्न झनै सक्षम हुन सक्दैनन् भन्ने तथ्य वंगलादेशमा भएको यो घटनाले पुष्टी गर्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।