नेपाल प्रहरीका चार एआईजीको सरुवा

नेपाल प्रहरीका ४ अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दीपक थापा, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीको पदस्थाप गरेको हो।

बिज्ञापन

यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए। बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् भने जोशी हालै बढुवा भएका हुन्।यसअघि ६० केजी सुन तस्करी प्रकरण छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन सीआईबी प्रमुख किरण बज्राचार्यको कमजोरी औंल्याएको थियो।

बिज्ञापन

सोही प्रतिवेदनका आधारमा अघिल्लो सरकारले श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखमा सरूवा गरेको थियो।
त्यसको केही महिनामै फेरि एआईजीहरूको सरूवा भएको हो।

बैठकले न्याय सेवा आयोग कानुन समूहका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गराइएको छ।

बिज्ञापन

यसअघि कानुन सचिव फणीन्द्र गौतम थिए। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको ती मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।