अधिकृतको खण्डन :-चरित्रहत्या भयो,तस्विर हटाइदिनु

कर्मचारीप्रेस डटकमले गत १६ साउनमा प्रकाशन गरेको अधिकृतको अनेकन चर्तिकला शीर्षकको समाचारमा अधिकृत रामप्रसाद जोशीले आपत्ति जनाउँदै निकामक निकाय प्रेस काउन्सिलमा पुगेका छन् । उनले न्यायीक निकायबाट निरुपण भइसकेको बिषयलाई कोट्याएर समाचार प्रकाशन गरिएको,आफ्नो लोकसेवा तयारी पुस्तकको अनाधिकृत प्रयोग भएको,आफ्नो तस्विरलाई व्लर गरि समाचार प्रकाशन गरिँदा आफ्नो चरित्र हत्या भएको दावी गरेका छन् ।

बिज्ञापन

यद्यपि सामाजिक सुरक्षा भत्ता अपचलन प्रकरणमा परेर जोशी ७० साल असार ३ गतेदेखि साउन २१ गतेसम्म थुनुवा बसेका हुन । यो प्रकरणमा बाजुरा अदालत,उच्च अदालत दिपायल हुँदै सर्वाेच्च अदालतसम्म पुगेको र सर्वाेच्च अदालतका न्यायधीशय हरिप्रसाद फुँयाल र सपना मल्ल प्रधानको इजलाशले ६४ हजार ६ सय जरिवाना तिराएको हुँदा सोही अदालतको फैसलामा टेकेर हामीले समाचार प्रकाशन गरेको हौं । अघिल्लो बर्ष सर्वाेच्च अदालतबाट फैसला भइसकेको भए पनि उनले पिछडिएको क्षेत्रबाट उपसचिव तहमा नाम निकालेसँगै यो प्रकरण जोडेर समाचार प्रकाशन गरिएको थियो तर प्रयोग भएका शब्द,तस्विर र उनको कृति लोकसेवा तयारी पुस्तकप्रति अधिकृत जोशीले आपत्ति जनाउनुभएसँगै समाचारमा प्रयोग गरिएका शब्द र तस्विरले  जोशीलाई पर्न गएको चोटप्रति कर्मचारी प्रेस परिवार क्षमा माग्दै प्रेस काउन्सिलको आग्रह बमोजिम प्रत्युक्त शब्द र तस्विरहरु सम्पादन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष