निजामतीमा अनेकन नौटङ्की !

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पूर्व सचिव चन्द्र घिमिरेको मुखैमा आएको दोश्रो पटकको भाग खोस्न सफल भएको चर्चा छ,निजामती वृत्तमा । उनी एमालेको कोटाबाट अमेरिकाको राजदूत सिफारिस भएका छन् । यस अघि रेग्मीले २२ असोज २०७७ मा अवकाश हुँदै गरेका शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने गरी सेटिङ्गमा सहयोग गरेका थिए । ओलीको सेटिङ्ग अनुसार शंकरदास बैरागीलाई मुख्यसचिव बनाउन सहयोग गरे वापत्त उनले किस्तिमा बेलायतको राजदूत पाएका थिए । कंथ रेग्मीले पूरै कार्यकाल मुख्य सचिव चलाएका थिए भने चन्द्र घिमिरे मुख्य सचिव बन्दथें । घिमिरेलाई जानाजान मुख्यसचिव बन्नबाट रोकेका रेग्मीले दोश्रो पटक चन्द्र घिमिरेको भाग खोसेको चर्चा शुरु भएको छ ।

बिज्ञापन

सेटिङ्गमा शंकरदास बैरागीलाई मुख्यसचिव बनाएर ९ महिना बेलायतको राजदूत खाएका  लोकदर्शन रेग्मीले यस पटक पनि चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत हुनबाट रोके । चन्द्रलाई बेलायत पठाएर आफू अमेरिकाका लागि सिफारिस हुन सफल भएका छन् । यस अघि एमाले माओवादी सरकार हुँदा लोकदर्शनलाई भारत,चन्द्र घिमिरेलाई अमेरिकाका राजदूत सिफारिस गरिएको थियो । जानकारहरुका अनुसार,लोकदर्शन रेग्मी साउथ व्लकका रोजाईका पात्र हुन । यस अघि राजदुतका रेग्मीको नामै तोकेर दक्षिणले मागेको केही पूर्व प्रशासकहरु स्मरण गर्दैछन् । साउन ब्लकको रोजाईमा परेका रेग्मी उक्त ब्लकलाई इग्नोर गरेर अमेरिकाको राजदूत सिफारिस भएका छन् । गठबन्धन फेरिए सँगै काँग्रेसको रोजाईमा भारत प¥र्यो । उस्ले शंकर शर्मालाई निरन्तरता दिन चाह्यो भने एमालेको कोटामा बेलायत,अमेरिका लगायत मुलुक परे । चन्द्र घिमिरेलाई नजिकबाट चिनेका एक अवकाश प्राप्त मुख्यसचिवले भने, निजामती सेवामा प्रशस्त अवसर पाएका कर्मचारी हुन चन्द्र तर लोकदर्शन रेग्मीझैं चाकडीकला नभएका । उनी कोलकतको महावाणिज्यदूत हुँदा भुँइचालोले नेपाल तहस नहस भएको थियो यस्तै नाकाबन्दीको समयमा एकदमै ठूलो प्रेसरमा महावाणिज्यदूत भएर काम गरेका उनी सचिव हुँदा चीनसँग परावहन सन्धी अगाडि बढाइएको थियो ।

बिज्ञापन

झापाली प्रधानमन्त्री ओलीलाई चतु¥याईमा कसैले सक्दैन भन्ने अर्काे उदाहरण पनि यसैसाता सार्वजनिक गरेको छ,अर्काे घटनाक्रमले । ओलीलाई हरेक कुरामा रेकर्ड राख्नु छ । जस्तो हिजो प्रधानमन्त्री हुँदा धरहराको ४० प्रतिशत काम नसिकदै उद्घाटन्,झापामा अर्बाैको भ्युटावर,मेलम्चीको पानी राजधानी नआउँदै उद्घाटन यी त्यस्कै उदाहरण हुन । अघिल्लो पटक केपी शर्मा ओलीकै कोपभाजनमा परेकी सचिव हुन लीलादेवी गड्तौला । यदी रेकर्डै  बनाउने रहर हो भने,पहिलो महिला कानुन सचिव बनाउन चाहेनन् । तर अहिले उनैले ३७ दिनका लागि पहिलो महिला मुख्यसचिव बनाए । उसो त ५६ सालदेखि मुख्यसचिव नियुक्ती योग्यता र क्षमताको आधारमा हुन छाडेका छ । अहिलेसम्म २७ जना मुख्यसचिव भए । सम्झन लायक विमल कोइराला र लीलामणि पौडेलबाहेक अरुको नाम आउँदैन । उसो त ०७२ पछि मुख्यसचिवको पद सौदाबाजी गर्ने थलो भएको छ । लोकदर्शन रेग्मी,शंकरदास बैरागी,बैकुण्ठ अर्यालदेखि लीलादेवीसम्म आइपुग्दा जुनियरलाई टिप्न थालिएको छ । अब समस्या कस्तो भने लीलादेवी बरियतामा दशौं नम्बरमा छिन् । आफूभन्दा जुनियर कर्मचारी मुख्यसचिव बनेसँगै उनले दिएको निर्देशन सिनियर सचिवले कसरी पालना र कार्यान्वयन गर्लान ?

उता,अबको तीन÷चार महिना दिनभित्रै पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले क्लिन चिट पाए अनौठो नमाने हुन्छ,भन्छन् उनका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरु । अस्ति आइतबारमात्र अर्यालका पक्षमा थुनछेक बहसमा उतारेका थिए, पूर्व मन्त्री तथा कानुन व्यवसायी गोविन्द बन्दी,पूर्व सचिव तथा तपश ल फर्मको तर्फबाट यादव कोइराला र कृष्णजीवि घिमिरेहरु । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिए लगतै उनी धरौटीमा छोड्न आदेश दिएको छ । यस अघि सहसचिव रितेश शाक्यलाई एक लाख धरौटीमा छाडिसकेको छ । अख्तियारले बैकुण्ठमाथि चलाएको दावी गर्दछन्,ती अधिवक्ताहरु । यद्यपि बल विशेष अदालतको कोर्टमा छ ।

बिज्ञापन

उता, सोमबार साँझ बसेको क्याविनेटले २१ सचिवको सरुवा हुँदा काँग्रेस मन्त्री भएका कतिपय मन्त्रालयमा एमालेका सचिवहरुलाई राखिएको छ,तिनलाई चलाइएको छैन । गृह,पर्यटन,शहरी,वनमा काँग्रेसका मन्त्रीहरु छन् । त्यहाँ एमाले निकटका एकनारायण अर्याल,मणिराम गेलाल,गणेश पाण्डे,गोविन्द शर्माहरु सचिवको जिम्मेवारीमा छन्,काँग्रेसको मन्त्रालयमा एमालेका सचिव चलाइएको छैन । यस पटकको सरुवामा काँग्रेसी भनेर चिनिएका गोकर्णमणि दुवाडीलाई लखेटेर तथ्यांक कार्यालय,उनकै भाइ नारायण दुवाडीलाई राष्ट्रपति कार्यालय,एरोनोटिकल इञ्जिनियर सुरेश आचार्यलाई उर्जा आयोगतिर खटाइएको छ । काँग्रेसी भनेर चिनिए पनि मधेसी पार्टीसँग व्यक्तिगत सम्बन्ध भएका मुकुन्द निरौला सेटिङ्ग मिलाएर शरदसिंङ्ग भण्डारीले सम्हालेको श्रम मन्त्रालयतिर पुगेका छन् । यद्यपि मन्त्री भण्डारीले घनश्याम उपाध्यायको सरुवाको बिषयमा फरक मत राखेका थिए । उनले प्रधानमन्त्रीसँग राम्रै काम गरिरहेका उपाध्यायलाई सरुवा गर्न जरुरी नभएको जबाफ फर्काएको भए पनि उपाध्याय अख्तियार पुगेर,हाजिर समेनत भइसकेको छन् ।

यसैबीच परराष्ट्र सचिव सेवालाई राजदूत बनाएर पठाउने गृहकार्य चलिरहेको परराष्ट्रका अधिकारीहरुले जनाएका छन् । गेहेन्द्र राजभण्डारीको ठाउँमा सेवालाई पठाउने गरी गृहकार्य शुरु भइसकेको बताइएको छ । यदी सेवा राजदूत भएर गएको खण्डमा केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका अमृत राईको भाग्य खुल्ने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

छानबिन समितिको प्रतिवेदन : सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी

छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

बिशेष