अवकाशपछिको लालच

पछिल्लो समय पहुँचका आधारमा प्रशासकहरुले धमाधम राजनीतिक नियुक्ति खान थालेका छन् । जस्तो हालैमात्र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि राजदूत नियुक्ति सिफारिस भएका छन् । यस्तै मुख्य सचिव हुने लाइनमा रहेका तर लोकदर्शन रेग्मीकै कारण मुख्य सचिव बन्ने अवसर नपाएका चन्द्र घिमिरेलाई बेलायमा राजदूत नियुक्ति सिफारिस भएका छन् । पूर्व मुख्यसचिव रेग्मी चाकडी कलामा माहिर प्रशासकका रुपमा चिन्छन,उनका सहपाटी तथा सहकर्मीहरु । उनी एमालेको कोटाबाट अमेरिकाको राजदूत सिफारिस भएका छन् । यस अघि रेग्मीले २२ असोज २०७७ मा अवकाश हुँदै गरेका शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने गरी सेटिङ्गमा सहयोग गरेका थिए । ओलीको सेटिङ्ग अनुसार शंकरदास बैरागीलाई मुख्यसचिव बनाउन सहयोग गरे वापत्त उनले किस्तिमा बेलायतको राजदूत पाएका थिए । कंथ रेग्मीले पूरै कार्यकाल मुख्य सचिव चलाएका थिए भने चन्द्र घिमिरे मुख्य सचिव बन्दथें । घिमिरेलाई जानाजान मुख्यसचिव बन्नबाट रोकेका रेग्मीले दोश्रो पटक चन्द्र घिमिरेको भाग खोसेको चर्चा शुरु भएको छ ।

बिज्ञापन

सेटिङ्गमा शंकरदास बैरागीलाई मुख्यसचिव बनाएर ९ महिना बेलायतको राजदूत खाएका रेग्मीले यस पटक पनि चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत हुनबाट रोके । चन्द्रलाई बेलायत पठाएर आफू अमेरिकाका लागि सिफारिस हुन सफल भएका छन् । यस अघि एमाले माओवादी सरकार हुँदा लोकदर्शनलाई भारत,चन्द्र घिमिरेलाई अमेरिकाका राजदूत सिफारिस गरिएको थियो । यस अघि राजदुतका रेग्मीको नामै तोकेर दक्षिणले मागेको केही पूर्व प्रशासकहरु स्मरण गर्दैछन् ।

बिज्ञापन

यस्तै विवादै विवादमा जोडिएका सचिव हुन रमेश सिंह । शहरीमा हुँदा अनेकन काण्डमा जोडिएका सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालयमा हुँदा आर्थिक अनियमितताको विषयमा मुछिएका आरपी विच्छाले यस्तै लाभको पद हात पारिसकेका छन् ।

धेरै भएको छैन,बहालवाला सचिवलाई राजीनामा दिन लगाएर केन्द्रीय तथ्यांक विभागबाट महालेखा परीक्षकको कार्यालयमा नियुक्ति दिलाइएको । ५८ बर्षे वा ६० बर्षे उमेरहद लागेर घर फर्किन लागेका प्रशासकहरुले जागिर अवधि बाँकी रहँदै पदबाट राजीनामा दिएर राजनीतिक नियुक्ति भेट्न थालेका छन् । यो भीडमा लोकसेवा अध्यक्ष माधव रेग्मी,माधव बेल्वासे,वीर बहादुर राईहरुको नाम आउँछ ।अहिले अधिकांश आयोग,निकायमा नियुक्ति भेटेकाहरुमा पूर्व सचिव,सह सचिवकै बाहुल्यता छ । तीमध्ये अधिकांश ६० बर्ष नाघेकाहरु छन् पूर्व सचिव उमेशप्रसाद मैनाली रिटायर्ड पछि लोकसेवा आयोगमा एक कार्यकाल अध्यक्ष खाएर विदा लिइसकेका छन् । घर फिर्ता भएसँगै त्यहाँ पूर्व सचिव माधवप्रसाद रेग्मीले नियुक्ति पाए । रेग्मी स्थानीय विकास, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य तथा आपूर्ति, लोक सेवालगायत निकायहरूमा काम गरेर अवकाश प्राप्त व्यक्ति हुन उनी ।

बिज्ञापन

पछिल्लो समय संवैद्यानिक निकायहरु बृद्धाश्रमजस्तै बनेका छन् । अवकाश प्राप्त कर्मचारीहरुलाई थन्काउने थलोमा परिणत भएका छन् ती निकायहरु । जस्तो स्टाफ कलेजको प्रमुखका रुपमा अवकाशप्राप्त सचिव राजन खनाल,लोकसेवा आयोग हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पुगेका आनन्दराज ढकाल पनि उसैगरी अवकाश पछि स्टाफ कलेजमा जागिर खान पुगेका छन् ।

गृहसचिवबाट अवकास पाएका प्रेम कुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमाण्ड गरिरहेका छन् । जागिर अवधि बाँकी रहँदै त्यहाँ राष्ट्रपतिको कार्यलयबाट डा हरि पौडेलले उसैगरी नियुक्ति भेटेका छन् । यस्तै गण्डकी प्रदेशमा कार्यरत बिष्णु नेपालले अवकाशकै भोलीपल्टै गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष खाए । जागिरे जीवनभर प्रधानमन्त्री र मन्त्रीका एसम्यान भएर काम गरेका कर्मचारीहरुलाई पटक पटक काखि च्यापेर राजनीतिक नियुक्ति पाइरहेका छन् । त्यसको उदाहरण त दिनेश थपलियालाई हेर्दा हुन्छ । उनी निर्वाचन आयोग हाँकिरहेका छन् ।

अक्सरलाई छाडेर जस्ले जागिरे जीवनमा जागिर खाने बाहेक खासै केही देन दिन सकेका छैनन् । त्यस्ता प्रशासकलाई टपक्क टिपेर फेरि संवैद्यानिक निकायको कमाण्डर बनाएर पठाउँदा परिणाम कस्तो आउला ? पूर्व प्रशासक नविन घिमिरेलाई टिपेर अख्तियारको प्रमुख बनाइएको थियो । उनको कार्यकालमा एक हजार घुस खानेलाई मर्न बाध्य बनाए । अर्बौ भ्रष्टाचार गर्नेका फाइलहरु तामेलीमा राखिदिए । महालेखापरीक्षक खाएर घर गएका टंकमणि शर्मा हुन वा चीनको राजदुत भएर फर्किएका लीलामणि पौडेल वा कृष्णहरि बाष्कोटा, बालानन्द शर्मा,लवदेव अवस्थि,शान्तराज सुवेदी,पुष्पराज कँडेल,माधव पौडेलसम्म पूर्व प्रशासक पटक पटक अवसर पाउनेमा पर्दछन् ।

पूर्व मुख्य सचिव विमल कोइराला चाहिँ यसमा नियुक्त हुन खोज्नेभन्दा पनि आफू निकटलाई नियुक्त गर्ने राजनीतिक नेतृत्व बढी जिम्मेवार दोषी देख्छन् । व्यक्तिको क्षमता नहेर्ने, भक्ति हेर्ने परिपाटी मौलाउदा अहिले योग्य मान्छे पाखा लाग्दै गएको चिन्ता पोख्छन् उनी ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

छानबिन समितिको प्रतिवेदन : सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी

छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

बिशेष