१९ राजदूत सिफारिस :-कुटनीतिज्ञभन्दा एनजिओकर्मी र पूर्व कर्मचारी हाबी

सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जसमा केही पूर्व सचिवहरु,एनजीओकर्मीहरु परेका छन् ।
सूची अनुसार,भारत– शंकर शर्मालाई निरन्तरता दिइएको छ । शर्मालाई यस अघि पुष्पकमल दाहाल नेतृत्वमा रहेको एमाले–माओवादी गठबन्धन सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सरकार परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको समीकरण भएसँगै राजदूत शर्मालाई निरन्तरता दिएको हो ।
यस्तै
अमेरिकामा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । यस्तै चीनका राजदूत बिष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर त्यहाँ भापाली कृष्णप्रसाद ओली,बेलायतमा पूर्व सचिव चन्द्रप्रसाद घिमिरेलाई पठाइने भएको छ ।अघिल्लो सरकारको पालामा एमालेले भाग पाएको अमेरिकामा पूर्वसचिव घिमिरेलाई पठाउन सिफारिस गरिएको थियो । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि एमालेले घिमिरेलाई बेलायततिर धकेल्दा अमेरिकामा भने लोकदर्शन रेग्मीलाइ सिफारिस गरिएको छ । यस्तै जर्मनीमा शैल रुपाखेती,साउदी अरब– नरेशविक्रम ढकाल,इजरायल– धनप्रसाद पण्डित सिफारिस भएका छन् भने दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ,दक्षिण कोरियामा– शिवमाया तुम्बाहाङ्फेलाई पठाउने भएको छ । उनी पूर्वमन्त्री समेत हुन । यस अघि एमालेको कोटामा यसअघि सुशील प्याकुरेललाई पठाउन सिफारिस भएको थियो । तर प्याकुरेलले अस्वीकार गरेका थिए । यस्तै,पोर्चुगल– प्रकाशमणि पौडेल,पाकिस्तानमा रिता धिताल, अस्ट्रेलिया– कान्ता रिजाल,स्पेनमा सनिल नेपाल, मलेसियामा नेत्रप्रसाद तिमिल्सिना र श्रीलंकामा रामकृष्ण भट्टराई राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।
शक्तिशाली देशका राजदूतको भाग एमालेले लिएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेस र एमालेले १८ देशका राजदूत भागवण्डा गर्दा चीन, अमेरिका र बेलायतको राजदूत एमालेले लिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

३२ जना शाखा अधिकृतको सरुवा

इन्जिनियरहरूको सरुवा

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

श्रम इजाजतका लागि अब ‘श्रम संसार पोर्टल’ र ‘एप’मा विज्ञापन राख्न अनिवार्य

स्वास्थ्यमा २१ सय दरबन्दी थप्ने तयारी,कुन तहमा कति थपिन्छन् ?

एमालेले कर्मचारी,काँग्रेसले सभापति जोगाउन खोज्दा …

घुम्ती कोषको २० करोड गायब

बिशेष