१९ राजदूत सिफारिस :-कुटनीतिज्ञभन्दा एनजिओकर्मी र पूर्व कर्मचारी हाबी

सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको छ । जसमा केही पूर्व सचिवहरु,एनजीओकर्मीहरु परेका छन् ।
सूची अनुसार,भारत– शंकर शर्मालाई निरन्तरता दिइएको छ । शर्मालाई यस अघि पुष्पकमल दाहाल नेतृत्वमा रहेको एमाले–माओवादी गठबन्धन सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । तर सरकार परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको समीकरण भएसँगै राजदूत शर्मालाई निरन्तरता दिएको हो ।
यस्तै
अमेरिकामा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । यस्तै चीनका राजदूत बिष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर त्यहाँ भापाली कृष्णप्रसाद ओली,बेलायतमा पूर्व सचिव चन्द्रप्रसाद घिमिरेलाई पठाइने भएको छ ।अघिल्लो सरकारको पालामा एमालेले भाग पाएको अमेरिकामा पूर्वसचिव घिमिरेलाई पठाउन सिफारिस गरिएको थियो । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि एमालेले घिमिरेलाई बेलायततिर धकेल्दा अमेरिकामा भने लोकदर्शन रेग्मीलाइ सिफारिस गरिएको छ । यस्तै जर्मनीमा शैल रुपाखेती,साउदी अरब– नरेशविक्रम ढकाल,इजरायल– धनप्रसाद पण्डित सिफारिस भएका छन् भने दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ,दक्षिण कोरियामा– शिवमाया तुम्बाहाङ्फेलाई पठाउने भएको छ । उनी पूर्वमन्त्री समेत हुन । यस अघि एमालेको कोटामा यसअघि सुशील प्याकुरेललाई पठाउन सिफारिस भएको थियो । तर प्याकुरेलले अस्वीकार गरेका थिए । यस्तै,पोर्चुगल– प्रकाशमणि पौडेल,पाकिस्तानमा रिता धिताल, अस्ट्रेलिया– कान्ता रिजाल,स्पेनमा सनिल नेपाल, मलेसियामा नेत्रप्रसाद तिमिल्सिना र श्रीलंकामा रामकृष्ण भट्टराई राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।
शक्तिशाली देशका राजदूतको भाग एमालेले लिएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेस र एमालेले १८ देशका राजदूत भागवण्डा गर्दा चीन, अमेरिका र बेलायतको राजदूत एमालेले लिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष