२२ सचिवको सरुवा (सूचीसहित)

वर्तमान काँग्रेस एमाले गठबन्धनको सरकार बनेसँगै पहिलो पटक सचिवहरु सरुवा गरिएको छ । हिजो बसेको क्याविनेट बैठकले एकै पटक २२ सचिवहरु सरुवा गरिएको हो । सरुवाको सूची अनुसार हालका राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा, अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले राजस्व सचिवको रुपमा सरुवा गरिएको छ भने वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव रहेका मधुसुदन बुर्लाकोटीलाई खटाइएको छ ।

बिज्ञापन

रक्षा मन्त्रालयमा २ बर्षभन्दा बढी समय बिताएका किरण शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग,अख्तियारका सचिव रामेश्वर दंङ्गाललाई रक्षामा ल्याइएको छ । यस्तै हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

यता श्रम मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट भरतमणि सुवेदीलाई ल्याइएको छ ।

यस्तै,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन् । त्यहाँका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका छन् ।

बिज्ञापन

सञ्चार मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले जिम्मेवारी पाएकी छिन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टिय तथ्यांक कार्यालय पुगेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ । राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।