अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमा अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र प्राविधिकतर्फका कर्मचारी धेरै घुस्याहा रहेको प्रतिवेदन केलाउँदा भेटिएको छ ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदन अनुसार अधिकृत तहका कर्मचारी सबैभन्दा भ्रष्ट र घुस्याहा रहेको भेटिएको छ । कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने,कर्मचारीको प्रवृत्तिलाई अख्तियारले उदांगो पारेको छ । टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाएको देखिन्छ ।
बिज्ञापन
गत आवमा भ्रष्टाचार प्रकरणमा सहभागी भएका ५ सय २० जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको सबैभन्दा बढी भ्रष्ट अधिकृत तहका कर्मचारी रहेको फेला परेको हो । अख्तियारका अनुसार,मुख्य सचिवलगायत अन्य १२ जना विशिष्ट श्रेणीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले अघिल्लो आर्थिक बर्षमा सबैभन्दा माथिल्लो दर्जाको रूपमा रहेको विशिष्ट श्रेणी (सचिवस्तर) का १२ जना रहेका छन् । जसमा बैकुण्ठ अर्याल,भ्रष्टाचार मुद्धा पछि ६ महिनामै विशेषबाट सफाइ पाएर फर्किएका मधु मरासिनी,पूर्व सचिव गजेन्द्र ठाकुर,भीम उपाध्याय,सञ्जय शर्मालाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो । यस्तै दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
बिज्ञापन
यस्तै अख्तियारले यही अवधिमा सहसचिव तहका २५ कर्मचारीलाई भ्रष्टाचार मुद्धा चलाएको छ । जसमा मेलम्ची खानेपानी प्रकरणमा जोडिएर सचिव बन्ने लाइनमा रहेका रद्य्रमान सिंह तमाङ,बुद्धिसागर लामिछाने,रितेश शाक्यसहितका सहसचिवहरुलाई समेत अख्तियारले डामेको छ । यस्तै यही अवधिमा उपसचिव ७२ जना,शाखा अधिकृत १६७,लेखापाल ५४ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएको छ । यस्तै नायब सुब्बा तहका १४४,खरिदार ३१,कार्यालय सहयोगी २लाई अख्तियारले प्रतिवादी बनाएर विशेषमा मुद्धा चलाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/ ८१ को एक वर्षको अवधिमा भ्रष्टाचारमा संलग्न १ हजार ५ सय ३० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उक्त अवधिमा अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा मा ५२० जना राष्ट्रसेवक कर्मचारीलाई पोलेको छ । जसमा सबैभन्दा धेरै शाखा अधिकृत १६७,खरिदार १४४,उपसचिव ७२,लेखापाल ५४,कार्यालय सहयोगी ३१, सहसचिव २५ र सचिव १२ जना रहेका छन् । अख्तियारले दायर गरेको मुद्धाको आधारमा सबैभन्दा भ्रष्ट देखिएका छन्,शाखा अधिकृत । टिप्पणी उठाउने काम तिनैले गर्ने हुँदा अख्तियारले अधिकांश मुद्धामा अधिकृतलाई दोषी करार गर्दै मुद्धा अगाडि लगेको देखिन्छ । यसै गरी प्राविधिक सेवाका १ सय २ र अन्य सेवा समूहका १ सय ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । गत वर्ष भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा शिक्षक ३१, नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरीका १ जना रहेका छन् ।
अख्तियारका अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ । अख्तियारले स्थानीय तहमा भएका विभिन्न प्रकृतिका अनियमिततामा छानबिन र अनुसन्धान गरी स्थानीय तहसँग सम्बन्धित ८० वटा मुद्दा दायर गरेको छ । सो मुद्दामा जोडिएका ४ सय ३३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जसमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य गरी १ सय १ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । जसमा जिल्ला समन्वय प्रमुख १,नगरपालिकाका मेयर १६,नगरपालिका उपमेयर ११ लाई प्रतिवादी बनाएर मुद्धा चलाउँदा गाउँपालिका अध्यक्ष ७,गाउँपालिका उपाध्यक्ष ८,वडाअध्यक्ष ४२ जनालाई मुद्धा चलाइएको छ । यस्तै अख्तियारले कार्यपालिका सदस्य ७,वडा सदस्य ७,मनोनीत सदस्य १८१ जना उपर मुद्धा चलाएको छ । अख्तियारले लेखापढी व्यवसायी २ जना,बिचौलिया २,व्यवसायी ९१ र अन्य ६१९ लाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।