संस्कार र संस्कृतिलाई पुनर्जीवन दिनु पर्ने आवश्कता

संस्कारलाई अंग्रेजीमा good moral values, good culture tradition, good etiquette and mannerism भनिदो रहेछ।अर्थात संस्कारलाई नैतिकता संग जोडेर हेरिदो रहेछ। नैतिकवान ब्यक्तिलाई सांस्कारिक भनिदो रहेछ। हामीले हाम्रो परम्पराबाट प्राप्त गरेको नैतिक मूल्य र मान्यतालाई संस्कार भनिदो रहेछ।

बिज्ञापन

त्यसै गरी संस्कृतिलाई अंग्रेजीमा the ideas, customs, and social behaviour of a particular people or society भनिदो रहेछ। अर्थात संस्कृति निश्चित समाज वा व्यक्तिको सामाजिक ब्यबहार, चलन र विचार संग सम्वन्धित हुने रहेछ। यसैले कुनै पनि देश वा समाजको पहिचान संग संस्कार र संस्कृतिलाई जोडेर हेर्ने गरिन्छ।मानिस र समाजका यी र यस्तै ब्यबहार र बिचारले यिनीहरूको मूल्यांकन हुने गर्छ। जुन मानिस वा समाजका ब्यबहारहरू सांस्कारिक वा सांस्कृतिक हुन्छन् तिनीहरूलाई अब्बल मानिन्छ। तिनीहरूको विचार सकारात्मक हुन्छ र यस्ता विचारबाट निर्देशित कृया र कर्मले समाज, ब्यक्ति र राष्ट्रको उत्थान हुन्छ।

बिज्ञापन

यस्ता संस्कार र संस्कृतिले जगेर्ना र निरन्तरता पाउन सकेन भने त्यसको असर समाज, ब्यक्ति र राष्ट्रमा पर्न जान्छ। तर बिडम्बना नै मान्नु पर्छ कि वर्तमान समयमा हाम्रो देशमा यस्ता संस्कार र संस्कृतिले निरन्तरता पाउनुको सट्टा क्रमशः खडेरी पर्दै गएको पाईएको छ। यसरी हाम्रो अमूल्य निधिको रूपमा रहेको हाम्रो संस्कार र संस्कृतिमा ह्रास आउनुका कारण के हुन् र यिनीहरूको जगेर्ना कसरी गर्न सकिन्छ भन्ने तर्फ अझै पनि नसोच्ने हो भने हाम्रो देश सांस्कृतिक वा सांस्कारिक रूपले मरूभूमि हुनेछ र यहा दिन दहाडै लुट, आतंक र अपराधले राज्य जमाउने छ।

आज हाम्रो राजनीतिमा संस्कार र नैतिकताको खडेरी पर्दैछ, हाम्रो समाज स्वार्थी बन्दैछ, हरेक ब्यक्ति आत्म केन्द्रित हुदै छ, एउटा परिवार भित्र समेत एक अर्को बीच विग्रहको वातावरण बन्दैछ, हरेक ब्यक्ति आफ्नो कर्तब्यबाट बिमुख छ,आपद विपदमा गुहार नपाउने अवस्था बन्दैछ, ब्यापार ब्यबसाय लुट धन्दामा परिणत हुदैछ, कालाबजारिया र सूद खोरहरूको हालिमुहाली हुदैछ, हरेक क्षेत्रमा विचौलियाको रजगज चल्दैछ, राजनीतिक क्षेत्रमा अपराधीहरूको प्रवेश सहज हुदैछ, राष्ट्र सेवकहरू सेवक नभएर मालिक जस्ता भएका छन्, समाजमा सरसापट ऐंचो पैंचो हराएको अवस्था छ, नैतिकताका स्कुलहरू बन्द भएका छन्, हाम्रो शैक्षिक पाठ्यक्रममा हाम्रो परिवेशले स्थान पाउन सकेको छैन, हाम्रा प्रतिनिधिहरूले पराईको भाषा बोल्ने गरेका छन्, यस्ता बेथितिहरूको सूची लामो हुने गरेको छ। यो सबैको प्रमुख कारण भनेको हाम्रो राज्य, हाम्रो समाज र हामी स्वयं समेत आ-आफ्नो कर्तब्यबाट बिमुख भएको अबस्था हो।

बिज्ञापन

हाम्रो पूर्खा पूर्वीय संस्कृति र संस्कारबाट दीक्षित र शिक्षित हुदै आएको हो र हामी तिनैका सन्तति हौ।हामीले यो संस्कार र संस्कृतिलाई अनुशरण गर्दै आएको भए अहिले हामीले यो अवस्था भोग्नु पर्ने थिएन। यो अनुशरण गर्ने कार्य श्रुतिका आधारमा मात्र नभएर यसलाई औपचारिक शिक्षा संग जोड्नु पर्ने हुन्छ। विगतमा हाम्रो शिक्षा प्रणाली पूर्वीय दर्शन संग जोडिएको अवस्था थियो तर पश्चिमाहरूले आफ्नो संस्कार र संस्कृतिलाई विश्व भर फैलाउने क्रममा हाम्रो पूर्वीय संस्कृति उपर आक्रमणका प्रयासहरूको थालनी गरे। शैक्षिक अनुदानको माध्यमाबट हाम्रो जस्तो अभावजन्य राष्ट्रहरूमा प्रवेश गर्न सफल भए, हाम्रा नीति निर्माताहरू समेत यसबाट प्रभावित हुन पुगे। हाम्रो शिक्षा प्रणालीबाट हाम्रो संस्कार र संस्कृतिलाई अलग गराउन पश्चिमाहरू सफल भए र हामी पनि मज्जाले प्रयोग भयौ। हाम्रा राजनेताहरू मध्ये केहीले पूर्वीय दर्शनलाई अध्यात्म र अन्ध विश्वास संग जोडिदिए र पश्चिमा दर्शनलाई विज्ञान संग जवर्जस्त जोडेर हेर्न थाले र कति नेताले त होली वाईनले नुहाउन पनि पुगे।यसैको परिणाम स्वरूप हाम्रो परिवार विग्रहित हुन पुग्यो, हाम्रो समाज हाम्रो संस्कारबाट अलग हुन पुग्यो। आज हामी यसकै परिणाम भोग्न वाध्य भएका छौ।

यति हुदा हुदै पनि हामी पूनः मूल प्रबाहमा फर्किन सक्छौ तर हामी जहांबाट विग्रहित हुन पुगेका हौ पूनः त्यही पुग्न भने जरूरी छ। अब हामीले हाम्रो औपचारिक शिक्षा प्रणालीलाई हाम्रो पूर्वीय दर्शन र संस्कृति संग जोड्नु पर्ने हुन्छ। हामी मध्येका केहीलाई सम्झना पनि होला हामीले प्रा वि, निमावि र माविमा पढेका संस्कृत शिक्षाले हाम्रो ब्याकरण र शुद्धाशुद्धीमा के कस्तो प्रभाव पारेको छ? हामीले माध्यमिक तहमा पढेका नीति शाश्त्रहरूले हाम्रो जीवनलाई कसरी निर्देशित गरेको छ? हाम्रा संस्कृत विद्यालयबाट दिईएको शिक्षाले हामीलाई कति व्यवसायीक बनाएको छ? त्यसैले हाम्रो पूर्वीय दर्शन हाम्रो जीवन पद्दति बनेको कुरा कदापि भुल्न सकिदैन।

हाल नेपालमा संघीय शासन प्रणाली विद्ममान छ। शिक्षाको अधिकार स्थानीय तहमा गएको छ। यही अधिकारको प्रयोग गर्दै केही स्थानीय तहले नैतिक शिक्षाको पठ्यक्रमबाट पूनः पठनपाठनको थालनी गरेका समाचारहरू आउन थालेका छन् जुन सुखद संयोग हो। यही सन्देशलाई मनन गर्दै संघीय सरकारले राष्ट्रिय पाठ्यक्रममा नैतिक शिक्षालाई अनिवार्य रूपमा समावेश गर्नु पर्छ। उच्च तहका पाठ्यक्रममा समेत यो विषयलाई अनिवार्य गराएर हाम्रो संस्कार र संस्कृतिलाई पुनर्जीवन दिनु पर्ने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।