रेकर्ड त ब्रेक भयो लीलादेवी गड्तौला पहिलो कामु हुँदै महिला मुख्य सचिव नियुक्त भइन । तर यस पटक पनि मुख्य सचिव नियुक्त गरिँदा सिष्टम ब्रेक भएको चर्चा चल्न थालेको छ । कनिष्ठलाई निजामती प्रशासनको सर्वोच्च नेतृत्व दिइएपछि ‘सिस्टम ब्रेक’ भएको चर्चा एकाथरी कर्मचारीहरु बीच चर्चा चल्न थालेको हो ।
बिज्ञापन
कानूनतः मुख्य सचिवको बढुवामा नेपाल सरकार पूर्णतः जिम्मेवार रहेको छ । कानूनले मुख्य सचिवको बढुवा ज्येष्ठता र कार्यकुशलताको आधारमा हुने भने पालना हुने गरेको छैन ।
बिज्ञापन
मुख्यसचिवमा नियुक्त भएकी गड्तौला सचिवहरूको वरिष्ठता क्रमको १०औँ नम्बरमा थिइन् । सचिव पदमा नियुक्त भएको आधारको वरिष्ठता क्रमअनुसार अहिले जेष्ठतम् सचिवमा तोयनारायण ज्ञवाली छन् । यसपछि तोयम राया आउँछन् । तर, राया सचिवबाट राजीनामा दिएर महालेखापरीक्षकमा नियुक्त भइसकेका छन् । रायापछि क्रमशः रामकृष्ण सुवेदी, दिनेश भट्टराई, टेकनारायण पाण्डे, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा, सुदर्शन खड्का र मधुकुमार मरासिनी छन् । वरिष्ठताको १०औँ नम्बरमा भए पनि सरकारले उनलाई नै मुख्यसचिव नियुक्त गरेको छ । उनीहरुलाई पछि पार्दै निजामतीको सर्वाेच्च पदमा लीलादेवी गड्तौला पुग्न सफल भएकी हुन ।
अबको ३७ दिन पछि नै फेरि अर्काे नयाँ मुख्य सचिव नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । मुख्यसचिवको पद राजनीति र प्रशासनको मिलनबिन्दु हो । यहीबाट राजनीतिले प्रशासनको विज्ञता र प्रशासनले राजनीतिको विश्वास प्राप्त गर्छ । सबै कर्मचारीको अपेक्षा र आकर्षण यही पद हो । कर्मचारीले आफूलाई योग्य र विज्ञ बनाउने उत्प्रेरणा यही पदबाट प्राप्त गर्छ। सचिवहरु मन्त्रीका सल्लाहकार हुन र मुख्यसचिव सरकारलाई सल्लाह दिने संस्थागत पद हो।
अवकाश लिएर घर जान ठीक परेका अर्याललाई एकाएक मुख्य सचिव नियुक्त गर्दा प्रशासनवृत्त चकित परेको थियो । प्रधानमन्त्री कार्यालयमा थन्काइएका अर्याललाई चक दिने गरी मुख्यसचिव नियुक्ति गरियो । समयावधि बाँकी छँदै तत्कालीन मुख्य सचिव शंकरदास वैरागीलाई मन्त्रीस्तरीय सुविधासहित राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई मुख्य सचिव बनाउनकै लागि यो अर्को ‘ग्राण्ड डिजाइन’ रचिएको थियो ।
बिज्ञापन
मुख्य सचिवको नियुक्तिमा धेरैजसो दलीय प्रभाव रहने गरेको छ । खासगरी ०४७ पछि मुख्य सचिवको नियुक्तिमा दलीय पक्षधरता हाबी भएको देखिन्छ । बलरामसिं मल्ल र लोकमान सिंह कार्कीदेखि लीलामणि पौड्याल पनि यही सूचीमा पर्छन् ।
पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाएर पठाइएको थियो । फेरि पनि उनलाई राजदूत बनाउने तयारी भइरहेको छ । यस्तै माधव घिमिरे,तत्कालीन मुख्य सचिव बलराम सिंह मल्लले आफ्नो कार्यकाल बाँकी छँदै सचिवबाट अवकाश हुनै लागेका तीर्थमान शाक्यलाई मुख्य सचिव बनाउने उद्देश्यले राजीनामा दिएर बाटो खुलाएका थिए । त्यति गरेबापत पछि मल्ल जर्मनीको राजदूत उपहार दिइयो । यस्तै भोजराज घिमिरेले आफू बहालमा रहेकै बेला राजदूताबास नै नरहेको क्यानडामा आफूलाई राजदूत नियुक्ति गराई पद छोडे ।
यस्तै, मुख्य सचिवमा आफ्नो कार्यकाल झण्डै ८ महिना बाँकी छँदै सोमलाल सुवेदीले एसियाली विकास बैंकको निर्देशक पदमा नियुक्ति लिएर मुख्य सचिवमा लोकदर्शन रेग्मीको नियुक्तिको वातावरण बनाइदिए ।
मुख्य सचिवको नियुक्ति निजामती सेवा ऐन, २०४९ अनुसार हुने व्यवस्था छ । ऐनअनुसार मुख्य सचिव पदमा बढुवा गर्दा नेपाल सरकारले बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनौट गरी बढुवा गर्ने र नियुक्ति दिने व्यवस्था छ ।